आईपीओ निष्कासन गर्ने तयारीमा प्रभु केवलकार

१ हप्ता अगाडि

काठमाडौं- प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि विक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन मागेको छ ।

योग्य संस्थाहरुले बिक्री प्रवन्धकको रुपमा कार्य गर्न निवेदन दिएपछि प्रतिस्पर्धाबाट छनोट हुनेछ । सो विक्री प्रवन्धकले आईपीओ जारी गर्नका लागि थप प्रक्रियाहरु अघि बढाउने छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको हो । बिक्री प्रवन्धकले नै कम्पनीको प्रिमियम मूल्य प्रस्ताव गर्नेछ ।

कम्पनीले तीन वटा केवलकार प्रोजेक्ट अघि बढाएको छ । जसमध्ये रुपन्देहीमा सिद्धार्थ केवलकार प्रोजेक्ट सम्पन्न हुने चरणमा छ । रुपन्देही जिल्लाको मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केवुलकार निर्माण अन्तिम चरणमा छ । अरु दुई परियोजना भने प्रारम्भिक चरणमै छ । रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै योजनामा प्रारम्भिक कार्य भइरहेको कम्पनीले जनाएको छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया