रिभर फल्स पावरले डाक्यो साधारणसभा

मंगलबार, ०४ बैशाख २०८१, १२ : ३०

काठमाडौँ - रिभर फल्स पावर लिमिटेडले आफ्नो सातौं र आठौं वार्षिक साधारणसभाको मिति तय गरेको छ । 

कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको व्यवस्था भने गरेको छैन । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २० गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजी ७० करोड रुपैयाँको शतप्रतिशत जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख ९ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

मंगलबार, ०४ बैशाख २०८१, १२ : ३०

प्रतिक्रिया