सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?

१ हप्ता अगाडि

काठमाडौँ- साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार १४.८१ अंकले घटेर १९९१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १३ वटै उपसूचकमा राताम्मै भएको छ । उक्त दिन रुरु जलविद्युत कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, पोखरा फाइनान्सको ६.७४ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ६.५० प्रतिशत, दोल्तस् पावर कम्पनीको ५.६० प्रतिशतले सेयर मूल्य घटेको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज  सबैभन्दा बढी गुखार्ज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ५९ लाख ७८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन पोखरा फाइनान्सको ६ करोड ६८ लाख ९८ हजार रुपैयाँ, सर्वोत्तम सिमेन्टको ४ करोड ५९ लाख ८१ हजार रुपैयाँ र शिभम् सिमेन्टको ४ करोड ४७ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो 

सकारात्मक सर्किट लागेका कमपनीहरु
आज १६.७५ प्रतिशत एसबिएल डिबेञ्चर र गुर्खाज फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सिभिल बैंक डिबेञ्चर २०८८को ८.१९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशत, दिब्यश्वरी हाइड्रोपावरको ४.०४ प्रतिशत, पोखरा फाइनान्सको ६.६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया