काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार ५० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले फागुन १९ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यी शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासीमा आवेदन पेश गर्नुपर्नेछ । उक्त संस्थापक शेयरको खरीद विक्री सञ्चालक समितिले निर्णय गरे बमोजिम हुनेछ ।
प्रतिक्रिया