कस्तो रहला आजको सेयर बजार ?

१ हप्ता अगाडि

काठमाडाैं- तीनदिनसम्म निरन्तर घटेको सेयर बजार बुधबार बन्दपछि आज कारोबार हुँदै छ । साताभरी घटेपछि आजको सेयर बजार कस्तो रहला भन्ने लगानीकर्ताहरुमा चासो बढेको छ । 

मंगलबार नेप्से सूचक १४ दशमलव ८१ अंकले घटेर दुई हजार तलको विन्दुमा आइपुगेको छ । डेढ महिनापछि नेप्से सूचक दुई हजार मुनिको विन्दुमा आइपुगेपछि लगानीकर्ता आत्तिएका छन् । विशेषगरी दुई हजारको मनोवैज्ञानिक विन्दुबाट तल झरेपछि लगानीकर्ताहरुमा निराशा बनेको छ । बैंकको ब्याजदर घटेको अबस्था छ ।  सार्वजनिक निष्कासन अब स्वीकृत हुने क्रममा रहेको छ यसले पनि बजारलाई थप केही प्रभाव पु¥याउन सकिने संम्भवना छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया