दुईदिन लगातार वृद्धिपछि डलरको भाउ  स्थिर

१ हप्ता अगाडि

एजेन्सी - पछिल्लो २ दिन लगातार बढेर रेकर्ड कायम गरेको अमेरिकी डलरको भाउ बिहीबार स्थिर छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको भाउ १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया