ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

१ हप्ता अगाडि

काठमाडौँ - ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले आज एक सूचना जारी गरी संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिन भित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी–काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनु पर्नेछ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया