सेयर बजारमा दोहोरो अंकले गिरावट

१ हप्ता अगाडि

काठमाडौँ - साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बिहीबार बजार १९.५६ अंकले घटेर १९७२ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३६ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १३ वटै उपसूचकमा राताम्मै भएको छ । उक्त दिन रुरु जलविद्युत कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, गुर्खाज फाइनान्सको ९.३९ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको ८.८९ प्रतिशत, सिवाइसी लघुवित्तको ६।१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ७.९४ प्रतिशतले बढेको छ । त्यसैगरी, पोखरा फाइनान्सको ६.२१ प्रतिशत, एनआइसी एशिया ग्रोथफण्डको ५.७१ प्रतिशत, मध्य भोटेकोशी जलविद्युत कम्पनीको ५.७० प्रतिशत, पिपुल्स पावर लिमिटेडको ५.५९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सकारात्मक सर्किट लागेका कमपनीहरु
आज सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ८२ लाख ८५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै पोखरा फाइनान्सको ७ करोड ३७ लाख ५५ हजार रुपैयाँ, सिभम् सिमेन्टको ५ करोड ४५ लाख १९  हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ५ करोड ३० लाख ४९ हजार रुपैयाँको कारोबार भएको हो ।

१ हप्ता अगाडि

प्रतिक्रिया