कस्तो रहला आजको सेयर बजार ?

२ हप्ता अगाडि

काठमाडाैं- आज वैशाख दोस्रो साता सेयर कारोबार हुँदै छ ।  निरन्तर सेयर बजार घटिरहेको अबस्थामा  आइतबारको सेयर बजार कस्तो रहन्छ भन्ने चासो लगानीकर्ताहरुमा बढेको छ । अघिल्लो साता १९.५६ अंकले घटेर  १९७२. १४ विन्दुमा बन्द भएको थियो । अहिले सूचक दुई हजारको मनोवैज्ञानिक विन्दुबाट तल झरेको छ ।

लगानीकर्ताहरुले पटक पटक २ हजारलाई मनोवैज्ञानिक विन्दु मान्दै आएका छन् । त्यसैले यो विन्दुमा झरेपछि बजार अझै घट्न सक्ने विगतमा उदाहरण छन् । यद्यपी बजार फर्किएर पुन १९ बाट माथिल्लो विन्दुमा उक्लिएमा लगानीकर्ताहरुमा बजार घटे पनि धेरै अन्तर नपर्ने  बुझाई  छ ।

अहिले बैंक तथा  वित्तीय विवरणहरु पनि प्रकाशिकत भइरहेक छन् ।  कतिपय सूचिकृत कम्पनीहरुले सेयर धनिहरुलाई लाभांश प्रस्ताव गरेको अबस्था छ । रोकिएक सार्वजनिक निष्कासन  आइपिओ पनि आउने तयारीमा छन् । राष्ट्र बैंकले तेस्रोपटक मौद्रिक नीतिको समिक्षा गर्ने चरणमा रहेको छ ।  आगामी दिनमा सेयरबजारका बाधकहरुलाई सुधार गरेर लैजाने अर्थमन्त्रीको पहलकदामी लिइरहेको अबस्था छ ।
 
नेप्से सूचक अघिल्लो साताभरीमा २.६५ प्रतिशतले घटेको थियो साताभरिमा चारदिन कारोबारहुँदा नेप्से सूचक कूल ५३ दशमलव ५४ अंकले घटेको थियो । यो साता २.६५ प्रतिशतले घटेर १९७२.१४ मा बन्द भएको छ । अघिल्लो साताको तुलनामा १.०६ प्रतिशतले बढेर नेप्से सूचक गत साता २,०२५.३० मा बन्द भएको थियो । 

अघिल्लाे साता परिसूचक २,०३१ दशमलव ८६ सम्म उच्च रहेको थियो भने  १,९६७ दशमलव ४५ बिन्दुमा गएर ६४ दशमलव ४१ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले ४५ दशमलव ४० अंकको अस्थिरता देखाएको थियो 
 

२ हप्ता अगाडि

प्रतिक्रिया