एक फाइनान्स कम्पनीको संस्थापवक सेयर बिक्रीमा

१ हप्ता अगाडि

काठमाडौं- मल्टीपर्पस फाइनान्स लिमिटेडको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा आएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । आवेदकहरूले के कति कित्ता खरीद गर्ने हो सो समेत व्यहोरा खुलाई निवेदन दिनुपर्ने कम्पनीको भनाई छ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया