यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

१ हप्ता अगाडि

काठमाडौँ - युनाइटेड अजोड इन्स्योरेन्स मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले सेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको दुई लाख ५० हजार ९७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

सेयर खरिद आवेदन दिन ३५ दिनको समय देखिएको छ। यो अवधिभित्र इच्छुक संस्थापक सेयरधनीहरुले संस्थाको कम्पनी सचिवको कार्यालयमा के–कति कित्ता सेयर खरिद गर्न चाहेको हो, सो खुलाई निवेदन दिनुपर्नेछ।संस्थापक सेयरधनीहरुबाट सेयर खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया