ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

सोमबार, १० बैशाख २०८१, १३ : ३८

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)  मा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । 

 बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट वितरण गरेको चुक्ता पुँजीको १ प्रतिशत बोनस बराबरको नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिन्छ।


 

सोमबार, १० बैशाख २०८१, १३ : ३८

प्रतिक्रिया