सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव

१ हप्ता अगाडि

काठमाडाैं - सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव  गरेको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७ /०७८ र २०७८/०७९ का लागि लाभांश घोषणा गरेको हो ।   बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांशकर प्रयोजनसहित ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले दुई आवको साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको उक्त साधारण सभा आगामी वैशाख ३१ गते ललितपुरेको नेवा ब्याम्बो कटेजमा आयोजना हुनेछ ।  


 

१ हप्ता अगाडि

प्रतिक्रिया