सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा बस्दै

१ हप्ता अगाडि

काठमाडाैं- सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा आज वैशाख १२ गते बुधबार बस्दैछ । सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान १० बजे सुरु हुनेछ । 
सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ । यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया