कस्तो रहला आजको सेयर बजार ?

१ हप्ता अगाडि

काठमाडाैं - साताको  आज बुधबार सेयर कारोबार हुँदै छ । मंगलबार सार्वजनिक विदा परेको हुँदा कारोबार बन्द भएको थियो। सोमबार नेप्से सूचक १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा आइपुगेको छ । 
नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । औसत तीन अर्ब रुपैयाँको हुँदै आएकोमा बजारमा २ अर्बको मात्र कारोबार भएको हो ।

आजको शेयर बजार कस्तो हुन्छ भन्ने लगानीकर्तामा चासो बढेको छ । अहिले अधिकांश कम्पनीको  शेयर मूल्य घट्न पुगेको छ । बजार मूल्य निकै सस्तो भएको हुँदा हतारिएर बेच्न चाहेकादेखिन्न् । अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रहरु आउँदैछन् । त्यस्तै आगामी साताबाट लगानीसम्मेलन हुँदै छ । सम्मेलनमा पुँजी बजारको क्षेत्रमा केही प्रस्तावहरु आउन सक्छन् । यसले अहिलेको बजारलाई थप उत्साह ल्याउने सक्ने लगानीकर्ताहरुको विश्लेषण छ । 
 
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षलाई पनि पूर्णता दिने तयारीमा अर्थमन्त्रालय छ । लगानी सम्मेलनपछि बोर्ड अध्यक्षको पूर्ति हुन सकिने देखिन्छ ।नयाँ अध्यक्षले लिन सक्ने नयाँ नीति र रणनीतिले पनि पुँजी बजारमा केही सुधार ल्याउन सकिने देखिन्छ ।अर्थमन्त्री पुनले पुँजी बजारमा देखिएका केही समस्याहरुलाई सुधारगर्ने योजनामा छन् ।
 
अर्को तर्फ लगानीकर्ताहरुले फरक फरक क्षेत्रमा लगानी गरेका छन् । फाइनान्स,जलविद्युत, माइक्रोफाइनान्स  लगायत समूहमा लगानीकर्ताहरु पछिल्लो समय हाबी भइरहेका छन् । अहिले बजारलाई बैकको शेयरले बजारलाई थप पछि धकलिएको विश्लेषण पनि छ । बैंकको सेयर मूल्यमा निरन्तर आएको गिरावटले समग्र बजारलाई नोक्सन पु¥याएको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया