सेयर बजार घटेको विरोधमा लगानी सम्मेलन विथोल्ने तयारी

बुधबार, १२ बैशाख २०८१, १० : ०२

काठमाडाैं  - सेयर लगानीकर्ताहरुले सेयर बजारमा आएको निरन्तर गिरावटको विरोध गर्दै  आगामी साता हुन लागेको लगानीसम्मेलन विथोल्ने तयारी गरेका छन् । उनीहरुले सम्मेलनमा प्रदर्शनी गर्ने गर्न लागेको लगानीकर्ता उपेन्द्र पाठकले बताए । उनले सामाजिक संन्जालमा लेख्दै  भनेका छन्,६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरुले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन् ।
#सरकार सजग रहनु होला # पूँजीबजारका लगानीकर्ता जोगाउनु होस्

अगुवा सेयर लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक संजालमार्फत लगानीकर्ताहरुलाई प्रदर्शनको तयारीमा जुट्न आब्हान गरेका छन् ।  सरकारले नीतिगत सुधार गरी लामो समयदेखि संकटग्रस्त अवस्थामा रहेको पूँजी बजारलाई राम्रो बनाउन भुमिका खेल्नुपर्नेमा उल्टै वेवास्ता गरेको भन्दै लगानीकर्ताहरु आक्रोशित छन् । 

लगानी सम्मेलनमा सेयर लगानीकर्ताहरुले प्रदर्शन गरेमा नेपालमा लगानीको वातावरण नभएको भन्ने कुरा विदेशी लगानीकर्ताले थाहा पाउने भएकाले सेयर लगानीकर्ताहरु मौकाको सदुपयोग गरेर सरकारलाई तत्काल कदम चाल्न बाध्य बनाउने रणनीतिमा छन्।

बुधबार, १२ बैशाख २०८१, १० : ०२

प्रतिक्रिया