शेयर बजारमा देखिएको स्थिरताले के संकेत गर्छ ?

१ हप्ता अगाडि

काठमाडाैं -साताको  अन्तिम साता आज  विहिबार कारोबार हुँदै छ । बुधबार शेयर अबस्थामा बन्द भएको थियो । यसले लगानीकर्तालाई आजको बजार कस्तो हुन्छ भन्ने चासो बढेकोहो ।  बुधबार नेप्से सूचक ०. १५ विन्दुले बढेको थियो । यससँगै सूचक १९६९.१७ अंकमा थामिएको छ ।

२ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको  थियो । १३ मध्ये ३ वटा समूहको सूचक सकारात्मक भएको थियो । पछिल्लो समय बजारले गति लिन सकेको छैन । 

बुधबारको बजार प्रवृत्ति हेर्दा समग्रमा नेप्से साइडवेजमा देखिएको छ । नेप्से सूचकसहित कारोबार रकम पनि सुस्त छ । सूचकमा पनि ठूलो अंकको घटबढ देखिएको छैन । लगानी सम्मेलन मिति नजिकिंदै गर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने निकै सुस्त र विदेशी लगानीकर्तालाई विश्वासमा लिन सकिने किमिसको देखिंदैन । सरकार तथा नियामक निकायहरुले बजार सुधारका लागि खासै चासो देखाएको पाईंदैन ।

अर्थमन्त्री वर्षमान पुनले यसअघि मन्त्री नियुक्त हुँदा बजार सुधारको पहल थाल्ने बताएका थिए । उनले सुधारका लागि के गर्न सकिन्छ भनेर सरोकारवाला निकायहरुसँग सुझाव पनि मागेका थिए । तर उक्त सुझाव उनले अहिलेसम्म दराजमै थन्क्याएर राखेको अनुमान गर्न सकिन्छ । किनभने ती सुझावहरु कार्यान्वयनका लागि कुनै पहल गरेको देखिंदैन । सेयर बजारले अर्थतन्त्रको ऐनका रुपमा काम गर्ने विश्वास गरिन्छ । यस आधारमा हेर्दा मुलुकमा लगानी वातावरण कमजोर रहेको सहजै अनुमान गर्न सकिन्छ । सेयर बजारमैत्री नीतिनियम रहेको छैन । 

पुँजी बजारमा ठूला लगानीकर्तालाई कस्ने नीति लागू गरिएको छ । अहिले व्यक्तिले अधिकतम १५ करोड र संस्थाले २० करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउँछन् । यी कारणहरुले गर्दा ठूला लगानीकर्ताले खुलेर सेयर बजारमा लगानी गर्न पाएका छैनन । बजारमा माग पक्ष कमजोर भएको छ । तर निरन्तरजसो बढेको आइपीओ, बोनस र हकप्रद सेयरले बजारमा आपूर्ति भने निरन्तर बढाइरहेको छ । लामो समयदेखि नयाँ लगानीकर्ता थपिएका छैनन् । ठूला लगानीकर्तालाई लगानी गर्न सीमा तोकिएको छ । यस्तै, सेयर धितो कर्जामा जोखिमभार बढी छ ।

बैंकहरुले सेयर बजारमा अल्पकालीन लगानी गर्न पाएका छैनन् । अहिले ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिमभार रहेको छ । सेयर धितो कर्जामा सीमा तोकिएको छ । यी कुराहरुले सेयर बजारमा लामो समयदेखि असर गर्दै आएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया