घटेको शेयर बजारमा लाग्दा ब्रेक?

१ हप्ता अगाडि

काठमाडाै-पछिल्लो समयदेखि निरन्तर घटिरहेको बजारले साताको पहिलो कारोबार दिन आइतबार कस्तो होला भन्ने चासो बढेको छ। सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आजदेखि लगानीसम्मेलनको आयोजना गर्दै छ । तर,नेपालका लगानीकर्ताहरुको मनोबल गिरेको भन्दै लगानीकर्ताहरु आन्दोलित भएका छन् ।

शनिबार लगानीकर्ताहरुले सरकार विरुद्ध प्रदर्शन र चर्को नारावाजी समेत गरेका थिए । आज लगानीसम्मेलन अघि विरोध प्रर्दशनका साथै सोमबरा ब्रोकर कारोबार नै बन्द गर्ने चेतावनी दिएका छन् । सबै विषयलाई हेर्ने हो भने नेपालका पुँजी बजार क्षेत्रका  लगानी सन्तुष्ट हुन सकेको अबस्था देखिन्न्न । अघिल्लो साता ६ अंकले घटेको बजारमा यो लगानीकर्ताहरुले ठुलो अपेक्षा राखेका छन् । अर्कोतर्फ सरकारले सुधारको कदम पनि चाल्दै छ । हालैमात्र अर्थमन्त्री वर्षमान पुनले ब्रोकर कमिसन घटाउने तयारीमा जुटेका छन् । आगामी मंगलबार बस्ने बैठकले ब्रोकर कमिसन घटाउँदै छ । यसले पनि सेयर लगानीकर्ताहरुलाई केही आधारहरु तय हुन्छ । 

नेप्से सूचक लगातारजसो तल झर्दै १९ सयको तहमा आइसकेको छ । करिब ३२ सयमा पुगेको नेप्से ३ वर्षदेखि वियरिस चक्रमा छ । तर अहिलेसम्म पनि सुधारको गुन्जायस देखिएको छैन । वर्षौंदेखि ओरालो लागेको बजार उकास्न नयाँ नीतिगत परिवर्तन हुनुपर्ने देखिएको छ । आम लगानीकर्ताको मनोबल उच्च नभई अब बजारले गति नलिने जानकारहरुले बताइरहेका छन् । पुँजी बजारमा ठूला लगानीकर्तालाई कस्ने नीति लागू गरिएको छ । अहिले व्यक्तिले अधिकतम १५ करोड र संस्थाले २० करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउँछन् । यी कारणहरुले गर्दा ठूला लगानीकर्ताले खुलेर सेयर बजारमा लगानी गर्न पाएका छैनन ।बढाइरहेको छ बैंकहरुले सेयर बजारमा अल्पकालीन लगानी गर्न पाएका छैनन् । अहिले ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिमभार रहेको छ । सेयर धितो कर्जामा सीमा तोकिएको छ । यी कुराहरुले सेयर बजारमा लामो समयदेखि असर गर्दै आएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया