सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

२ हप्ता अगाडि

काठमाडौँ - सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले  ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा जो कोही संस्थापक सेयरधनीले पनि आवेदन दिन सक्ने छन् ।

सेयर प्रति कित्ता न्यूनतम मूल्य १७० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम २ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन पाइने व्यवस्था गरिएको छ। इच्छुक लगानीकर्ताले जेठ ३ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।  

 

२ हप्ता अगाडि

प्रतिक्रिया