सेयर बजार स्थिर, कारोबार रकम कति ?

२ हप्ता अगाडि

काठमाडौं- साता कारोबारको दोस्रो दिन सेयर बजारमा सामन्य गिरावट आएको छ । सोमबार बजार ०.०७ अंकले घटेर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा चार वटा उपसूचकमा मात्र हरियाली छाएको छ ।

सेयर बजारमा झिनो अंकको सुधार

सबैभन्दा बढि कारोबार गर्ने कमपनीहरु
आज सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ५४ लाख ७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १४ करोड ७० लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन जानाकी फाइनान्सको ९ करोड ३२ लाख ९४ हजार रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ८ लाख ५ हजार रुपैयाँ र मल्टिप्रपोज फाइनान्सको ७ करोड ५२ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट
आजनेपाल फाइनान्स, पोखरा फाइनान्स र जानकी फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, गुराँस लघुवित्तको ७.६१ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया