नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा आज बस्दै

३ हप्ता अगाडि

काठमाडाै - नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा आज वैशाख १८ गते मंगलबार बस्ने भएको छ । साधारण सभा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । 
।सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ ।

साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते बुकक्लोज गरिसकेको छ । तसर्थ, वैशाख ९ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया