रिडी पावर कम्पनी हकप्रद सेयर बाँडफाँट

२ हप्ता अगाडि

काठमाडाैं -रिडी पावर कम्पनी लिमिटेडले गत चैत्र २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट गरको छ । वैशाख ९ गतेसम्म परेको बोलपत्रहरू वैशाख १३ गते खोलिएकोमा वैशाख १७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले उक्त हकप्रद सेयर बाँडफाँट गरेको हो ।

कम्पनीका अनुसार बाँडफाँडमा नपरेका आवेदकहरूको सेयर वापतको रकम वैशाख २० गतेबाट आईपीएसमार्फत आवेदकले उल्लेख गरेको बैंक खातामा  जम्मा गराइने छ । साथै, बाँडफाँटको अन्तिम मूल्य १४८.१० रुपैयाँ रहेकोमा उक्त मूल्यमा बोलपत्र पेस गर्नेहरूको हकमा सापेक्षिक भारअनुसार समानुपातिकरूपमा सेयर बाँडफाँड गरिएको कम्पनीले बताएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया