कमर शाह बाबा मेला हेर्न जाने भक्तजनलाई 'फ्रि बस' सेवा

शुक्रबार, ०५ पुस २०८१, ०६ : ४८

काठमाडाैं- नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ की क्रियाशिल सदस्य रुमिता श्रेष्ठ धार्मिक काममा पनि त्यत्तिकै अग्रसर छिन् । उनले नगरविकासकाे लागि आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रुपमा पनि आफ्नाे हर तरहकाे प्रयास जारी राखेकी छिन् । यसैअनुरुप उनले प्रत्येक वर्ष गर्दै आएकाे छिमेकी पालिका डुडुवामा कमर शाह बाबाको मेलामा जाने धार्मिक यात्रुहरुकाे लागि 'फ्रि बस सेवा' यस वर्ष पनि गर्ने भएकी छिन् ।

rumita next

उनले सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट गर्दै भनेकी छिन्-  'छिमेकी पालिका डुडुवामा कमर शाह बाबाको मेला उर्स ए मुबारक तथा कुल शरीफको आयोजना हुन लागेको सूचना प्राप्त भए सङै मिति २०८१/९/६ गते शनिबार बिहान १० बजे सल्यानीबाग चोक देखी कम्दीको मिलन चोकसम्म मेलाको लागि भक्तजनहरूको लागि निःशुल्क बस लाग्ने भएको छ मेलामा जाने भक्तजनहरू शनिबार बिहान १० बजे सल्यानीबाग चोकमा उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछु ।'

उनले आफ्नाे लगायत सहकर्मीकाे सम्पर्क नं. वडा सदस्य रूमित श्रेष्ठ ९८६८२४५५४४ र शारिक अली ९८४८२३५१२३ पनि सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

शुक्रबार, ०५ पुस २०८१, ०६ : ४८

प्रतिक्रिया