काठमाडाैं- जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। समन्वय समितिमा आयोजित कार्यक्रममा प्रमुख दिपककुमार गौतम, उपप्रमुख रिमबहादुर तामाङ र समन्वय अधिकारी पिताम्बर पाण्डे लगायतले बधाई दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेलगायतका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिइएको थियो। जिल्ला कार्य समिति, प्रदेश परिषद् सदस्यहरू, केन्द्रिय परिषद् सदस्यहरू तथा विभिन्न तहमा निर्वाचित भएका सबैलाई बधाई तथा शुभकामना व्यक्त गरिएको हो।
कार्यक्रममा महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना र मोतिराम तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया