हिरासतमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

शुक्रबार, ०५ पुस २०८१, १७ : ३९

काठमाडौं - प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

व्यापारीलाई धम्क्याएको आरोपमा हिरासतमा रहेका प्रसाइलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई आज अदालतमा झिकाउन आदेश दिएको थियो ।

दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासले प्रसाईलाई रिहा गर्न आदेश दिएको हो ।

 

शुक्रबार, ०५ पुस २०८१, १७ : ३९

प्रतिक्रिया