आजको अर्थ समाचार प्रभाव : माओवादीबाट ठगिएका रानामगरको पैसा फिर्ता

आइतबार, ०७ पुस २०८१, १५ : ५९

काठमाडौं- नेकपा(माओवादी केन्द्र) नुवाकोटले आफ्नै कार्यकर्ता भद्रबहादु रानामगर(ध्रुब)बाट लिइएको ऋण फिर्ता गरेको छ । करिब १७ वर्ष अघि चुनावी प्रयोजनका लागि लिइएको ऋण नतिरेर माओवादीले रानामगरलाई पैसा नभएको चेक दिएर थप पीडित गराएको थियो । 

माओवादी नुवाकोट जिल्ला समितिको नामबाट काटिएको कृषि विकास बैंककोे चेकमा रकम नभएपछि रानाले त्यसलाई बाउन्स गरेका थिए । यसबारे आजको अर्थले समाचार प्रकाशित गरेको थियो ।

२०६४ सालमा चुनावी खर्चका लागि लिएको साढे पाँच लाख रकम आफ्नो खातामा पठाएइको उनले जानकारी दिए । उनले माओवादी नुवाकोट संयोजक पुष्प लामिछाने(अरुण)ले आफ्नो खातामा पैसा पठाइदिएको बताए ।

‘समाचार प्रकाशित भएपछि मसँग लिएको ऋणबापतको रकम मेरो बैंक खातामा पठाएका छन् ।’, उनले आजको अर्थसँग भने, ‘व्याज नदिएर कम्तीमा साढे पाँच लाख सावा भएपनि फिर्ता पाउन सकेँ यसैमा खुसी छु’ 

हेर्नुहोस् समाचार  

माओवादी नुवाकोटद्वारा आफ्नै कार्यकर्तामाथि ठगी, ऋण तिर्न दिएको चेक बाउन्स

 

आइतबार, ०७ पुस २०८१, १५ : ५९

प्रतिक्रिया