युवामैत्री आर्थिक नीति खोई ?

आइतबार, ०४ जेठ २०८२, १३ : ४८

२०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनमा शसस्त्र युद्धबाट आएका माओवादीहरू पहिलो शक्तिशाली पार्टीका रूपमा उदाए । ऐतिहासिक संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै २४० वर्ष पुरानो राजतन्त्रको औपचारिक अन्त्य ग¥यो । समग्रमा, २०६२÷६३ को जनआन्दोलनले हाम्रो देशलाई राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण ग¥यो । माओवादी विद्रोहीहरू मूलधारको राजनीतिमा आए, संविधान निर्माणको प्रक्रिया सुरु भयो, र दोस्रो संविधानसभाबाट २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनमा आयो । आज जुन सशस्त्र युद्ध र शान्तिपूर्ण जनक्रान्ति इतिहासको विषय हो, अनुभव होइन ।

युवाहरूले आशा राखेका छन् कि राजनीतिक नेतृत्वमा अब नयाँ दृष्टिकोण र नीतिहरू समावेश गरिनेछन् । उनीहरूलाई त्यस्तो नेतृत्व चाहिन्छ जसले पारदर्शिता, जिम्मेवारी र युवाका लागि अवसरहरूको सृजनामा ध्यान दिन्छ । उनीहरू पारम्परिक दलहरूको पुरानो नेतृत्व शैलीसँग टाढा रहेका छन् र उनीहरूको अनुकूलताका लागि नयाँ नेतृत्वहरूको आवश्यकता माग गरिरहेका छन् । यही मनोभावनामाथि खेलवाड गर्दै केही दृष्टिकोण नभएका तर सस्तो नारा र प्रचार गर्ने प्रवृत्तिप्रति आकर्षित हुन खोजेका छन् । जुन भविष्यप्रति अन्योलताको कारक हो ।

नेपालको जनसांख्यिकी अध्ययन गर्दा १६–३० वर्ष उमेर समूहका युवा अहिले सबैभन्दा ठूलो र प्रभावशाली जनशक्ति हुन् । २०७८ सालको जनगणनाका अनुसार कुल जनसंख्या २.९१ करोडमध्ये झन्डै ३५ लाखजति मानिस यो समूहमा पर्छन् । तर, आश्चर्यको कुरा के छ भने, यति ठूलो संख्यामा रहेका यिनीहरू न त कुनै स्थिर राजनीतिक विचारधारासँग आबद्ध देखिन्छन् न त परम्परागत मूलधारका पार्टीहरूप्रति बफादार । यिनीहरू अवसर खोजिरहेका छन् ः रोजगारी, शिक्षा, उद्यम र समृद्धिको तर तिनीहरू पुरानो प्रणालीमा आफूलाई हराएको पाउँदैछन् ।

युवाहरूको आधुनिक सोच र नयाँ दृष्टिकोणले यी सिद्धान्तहरूलाई अझ बलियो र प्रभावकारी बनाउन सक्छ । उदाहरणस्वरूप, सामाजिक समानता र व्यक्तिगत स्वतन्त्रता जस्ता मापदण्डहरूलाई नयाँ डिजिटल प्लाटफर्महरूको माध्यमबाट जनतालाई थप सशक्त बनाउने कार्यमा युवाहरूले सक्रिय भूमिका निर्वाह गर्न सक्छन् । यो स्थिति केवल सरकार र राजनीतिक दलहरूको जिम्मेवारी मात्र होइन, समाजको प्रत्येक सदस्यको पनि जिम्मेवारी हो । सामाजिक र आर्थिक समस्याहरूको समाधानका लागि नयाँ दृष्टिकोण र उपायहरू खोज्न सहयोगी बन्न सक्छन् ।

विशेषतः २१–२५ उमेर समूह विशेषतः वैदेशिक रोजगार र उद्यमशीलतामा केन्द्रित देखिन्छ । यो समूहले ‘आफैं रआफ्नै केही गर्ने’ सपना देखेको छ तर राज्यको प्रणालीले उनलाई साथ दिएको छैन । युवा उद्यमशीलता प्रवद्र्धन गर्ने भनिए पनि न नीति छ, न संरचना, न लगानी । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सुधारको कुरा गरे पनि व्यवहारमा त्यो देखिँदैन । निजी शिक्षाको महँगो बजार, सरकारी शिक्षाको गुणस्तरहीनता, प्राविधिक शिक्षाको अवसरको अभाव यी सबैले गर्दा नयाँ पुस्ता शिक्षा प्रणालीप्रति निराश छ । पछिल्ला केही वर्षमा स्वतन्त्र उम्मेदवारहरू, स्वतन्त्र समूह र लोकप्रियतावादी विचारधाराहरूप्रति आकर्षण बढेको छ । युवाहरूले नयाँ अनुहार, नयाँ सोच र काम गर्ने शैली खोजिरहेका छन् ।

पुरानो पुस्ता स्थायित्व र परम्परागत सोचमा अडिग रहनेछ, तर नयाँ पुस्ता विकल्प, उद्यम र अवसरको खोजीमा मतदान गर्नेछ । चरम वैदेशिक पलायन प्रमुख समस्याको रुपमा रहेको छ । युवा पुस्ताले यदि अब पनि अवसर नपाए, उनीहरू देश नै छोड्नेछन्, छोडिरहेका पनि छन् । अनि बाँकी रहनेछ वृद्ध समाज, रित्तो शिक्षा प्रणाली, र खुल्ला प्रतिस्पर्धात्मक उदार लोकतान्त्रिक प्रणालीकोको औचित्यतामाथि प्रश्न । अहिलेको पुस्ता यदि चरम असन्तुष्टिमा गयो भने, उनीहरू कुनै पनि प्रकारका निरंकुश, उग्रअतिवादी धारको समर्थन गर्न सक्छन् जसले लोकतान्त्रिक मूल्य मान्यतामाथि संकट ल्याउन सक्छ ।

सरकार, निजी क्षेत्र र नागरिक समाज मिलेर युवा पुस्तालाई सामथ्र्य दिने कार्यक्रम ल्याउन सके उनीहरूको आकांक्षा र देशको भविष्यबीच पुल निर्माण गर्न सक्छ । नेतृत्व एउटा महत्वपूर्ण तत्व हो । जुन आजको युवा पुस्ताको जीवनमा गायब छ । पुराना राजनीतिक प्रणाली र दलहरूको असफलताको सिकार हुँदा आजको युवा शक्ति यसको विकल्पका रूपमा उभिन सकेका छैनन् । 

सिर्जनशीलता र नवप्रवर्तनको माध्यमबाट यी युवा नयाँ नीतिहरू र दृष्टिकोणहरूको निर्माण गर्न सक्षम छन् जसले सामाजिक समानता र आर्थिक समृद्धि ल्याउन सक्छ । रूपान्तरित र गतिशील नेतृत्वको मार्गदर्शनमा हामी नेपाललाई नयाँ दिशा र समृद्धि प्रदान गर्न सक्छौं । यो पुस्ता प्रश्न सोध्दछ, तर्क गर्छ र परिवर्तनको माग गर्छ । उनीहरूलाई अब ’डराउने’ होइन’सुनिने’ वातावरण चाहिएको छ । राजतन्त्र होस् वा गणतन्त्र उनीहरूलाई चाहिएको छ प्रतिनिधित्व, अवसर र विश्वास ।

युवाहरूको क्षमता र सोचमा विश्वास गर्न आवश्यक छ । तिनीहरूको दृष्टिकोण र उद्यमशीलता हाम्रो राष्ट्रको भविष्यलाई अझ उज्जवल बनाउन सक्षम बनाउने छ । उनीहरूको सिर्जनात्मकता र नवप्रवर्तनको प्रोत्साहन गरी उनीहरूको पहल र नेतृत्वलाई सहयोग पुर्याउने प्रयास गर्नुपर्छ । उनीहरूलाई राजनीतिको मूलधारले संबोधन गर्दै समाहित गर्नुपर्दछ । अनि मात्र भविष्यका चुनौतीहरूको सामना गर्ने बाटोमा युवा पुस्तालाई निर्देशित गर्न सफल हुनेछ ।

संघर्ष र समर्पणको भावना आजका युवाहरूमा पनि प्रवाहित गर्नुपर्छ । अतीतका सफलता र विफलताहरूलाई सचेत रूपमा स्मरण गरेर, अझ धेरै सुधार र परिवर्तनको मार्गमा अघि बढ्न सक्छौं । देशको समृद्धि र विकासका लागि, केवल अतीतका विजयहरू मात्र स्मरण गर्नु पर्याप्त छैन, त्यसको लक्ष्य र विचारधारामा लाग्न प्रेरित र निर्देशित गर्नुपर्दछ । आजको संसार बदलिरहेको छ । समयसँगै हाम्रो सोच र कार्यशैली पनि बदलिनुपर्छ । आफ्नो सोचलाई परिष्कृत र नवप्रवर्तनशील बनाउनका लागि निरन्तर प्रयास गर्नुपर्छ । 

देशको आर्थिक, सामाजिक र राजनीतिक संरचनामा नयाँ दृष्टिकोण र समाधानहरू खोज्न जरुरी छ । यसका लागि, युवाहरूसँग सहकार्य गरेर नयाँ नीतिहरू र रणनीतिहरू निर्माण गर्नुपर्छ । युवा मैत्री आर्थिक नीति बनाउनको लागि हामीले उनीहरूको सोच र नयाँपनको सामथ्र्यलाई पूर्ण रूपमा पहिचान गर्नुपर्छ । यो समय हो जब हामी युवा पुस्तालाई शक्तिशाली र प्रभावकारी नेतृत्वमा उतार्न सक्छौं । उनीहरूले भविष्यको समृद्ध नेपाल निर्माण गर्नका लागि उच्चतम मूल्य र लक्ष्यहरूलाई आत्मसात गर्दै देशको लागि ठोस कामहरू गर्न सक्छन् ।

आजको समय हामीसंग नयाँ उचाइ र सोचको आवश्यकता छ । त्यो नै हाम्रो भविष्यका लागि प्रेरणा हो । साझा यात्रा, संघर्ष र समर्पणबाट उत्पन्न भएको यो विरासत आजको युवा पुस्ताले नयाँ उद्देश्य र ऊर्जा प्रदान गर्दै भविष्यको दिशा तय गर्नेछ । नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाबारे बराबर प्रश्न किन उठिरहन्छ ? सरकारी वा निजीस्तरमा कुनै अध्ययन र विश्लेषण भने भएको पाइँदैन । एकातिर सत्तामा बस्नेहरू आफ्नो विरोध र आलोचना सुन्न चाहँदैनन् भने हामी नागरिक पनि कुनै पनि विषय वा समस्याबारे निष्पक्ष विश्लेषण गरी सही निष्कर्ष र सुझाव दिन पनि चाहँदैनौं । 

नेपालको इतिहास हेर्ने हो भने राजा–राणा, भारदार, पञ्चायती शासकहरू संविधान भन्दा माथि थिए । त्यो व्यवस्था गयो, तर लोकतन्त्रकालीन शासकहरू त्यसैको सिको गर्दै आफूलाई संविधानभन्दा माथि ठान्ने प्रवृत्ति यथावत छ । राणा र राजतन्त्रकालीन प्रवृत्ति गणतान्त्रिक नेतामा देखिनु लोकतान्त्रिक शासन व्यवस्थाको सिद्धान्त र मूल्य–मान्यताविपरीत हो । लोकतन्त्रउपर बराबर प्रश्न उठ्नुको एउटा कारण पनि यही हो । 

हुन पनि हाम्रा शासकहरूको बसउठ दलाल, बिचौलिया, माफिया, कमिसन एजेन्टहरूसँग बढी हुने गरेको टीकाटिप्पणी बाक्लेकै छ । नेपाल अन्तर्राष्ट्रिय रुपमा आर्थिक अनियमितता र भ्रष्टाचारग्रस्त मुलुक भनी चिनिनुका साथै ग्रे–लिस्टमा समेत परेको अवस्था छ । सारमा भन्ने हो भने अन्तर्राष्ट्रियस्तरमा नेपालको इज्जत र मर्यादा स्खलित हुँदै गएको छ । नेपालको लोकतान्त्रिक शासन व्यवस्थालाई स्थायी र प्रभावी बन्न नदिने प्रमुख कारण नै कुशासन हो भन्ने स्पष्ट हुन्छ । 

सत्ताधारीहरू जो जसले एकपटक सत्ताको स्वाद चाखेको छ ऊ सत्ता प्राप्तिको खेलकै होडमा देखिन्छ । यसै खेलमा राणाले १०४ वर्ष पञ्चायतले तीस वर्ष प्रजातन्त्रले २०४६ देखि २०६२ सम्म अनि गणतन्त्रले १९ वर्ष भोग्यो । यसबीच सत्तामा बसी दोहन गर्नेले दोहन गरे तर जनता शून्यको शून्यमा रहे । त्यसैले अब युवामैत्री शासन प्रणाली स्थापित गर्न सबैको सकारात्मक खबरदारी आवश्यक छ । 


 

आइतबार, ०४ जेठ २०८२, १३ : ४८

प्रतिक्रिया