काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट युवा संगठन वाईसिएलको नवगठित कमिटीप्रति असन्तुष्टि चुलिएको छ । पार्टीकै नेतादेखि वाईसिएलका नेताहरुसम्म सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरिरहेका छन् ।
वाईसिएलको जेठ (१८–२४) गते काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले ७५ सदस्यीय पदाधिकारी र ३५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो ।
पार्टीका भातृसंगठनको संयोजक रहेका उपमहासचिव शक्ति बस्नेतकै गृह प्रदेशका वाईसिएलका नेताहरुले समेत विधान विपरीत पदाधिकारी चयन गरेको भन्दै सामूहिक रुपमा असहमति प्रकट गरेका छन् । वाईसिएलको नवगठित पदाधिकारी र केन्द्रीय कमिटी चयनमा प्रमुख भूमिका खेलेका बस्नेतकै कर्णाली प्रदेशका नेताहरु समेत यसमा असन्तुष्ट रहेका हुन् ।
उनकै गृह जिल्ला जाजरकोटका वाईसिएल ईन्चार्ज रहेका विकास रोकाय लगायत कर्णालीका अन्य जिल्ला इन्चार्जहरु समेत असन्तुष्ट रहेको सोमबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यो पनि पढ्नुस्
वाईसिएलमा मनोमानी ढंगले पदाधिकारी चयन गरिएको भन्दै ६ जिल्ला इन्चार्जको असहमति (विज्ञप्तिसहित)
कर्णालीका ६ जिल्ला ईन्चार्जहरुले सामूहिक रुपमै विज्ञप्ति जारी गर्दै नवगठित कमिटीप्रति असहमति व्यक्त गरेका थिए । असहमति प्रकट गर्नेहरुमा रोकाय सहित जनककुमार विश्वकर्मा (रुकुम पश्चिम), हस्तबहादुर शाही(कालिकोट), हर्क थापा (दैलेख), कर्मा लामा(हुम्ला) छन् । केन्द्रीय सदस्यहरू गौरीकला शाही, गीता शाही र राजेश बुढा रहेका छन् ।
यसैबीच वाईसिएलको विवाद बढ्दै जाँदा नेता रामप्रसाद सापकोटाले पार्टीका उपमहासचिव जनार्दन शर्मा विरुद्ध चुनाव लड्ने चेतावनी दिएका छन् । वाईसिएलको इन्चार्ज समेत रहेका सापकोटाले वाइसिएलमा पदाधिकारी संख्या बढाएको भन्दै उपमहासचिव शर्माका भाई अनिलले फेसबुकमा पोष्ट गरेपछि त्यसमा प्रतिक्रिया जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।
वाईसिएलमा विधान विपरीत पदाधिकारी र केन्द्रीय कमिटी चयन गरेको भन्दै अनिलले सामाजिक सञ्जालमा असन्तुष्टि प्रकट गरेका थिए । त्यही स्टाटसमा कमेण्ट गर्दै सापकोटाले उपमहासचिव शर्मा नै वाईसिएलको निर्वाचन गराउन नहुने पक्षमा लागेको भन्दै उनका भाई अनिलमाथि खनिएका हुन् ।
यो पनि पढ्नुस्
शर्माका भाइ अनिलले लेखेका छन् ,‘विधान पास गरेको केहि घण्टा बित्न नपाउदै सम्मेलनको सर्बोच्चतालाई हरन गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रबृतिले yclलाई पनि बन्दक बनायरै छोडे । यसमा ycl को खासै दोस छैन त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भय त्यो त इतिहासको गर्भ मै रहला । जे जसरी होस एउटा कमिटी बनेको छ कमरेड पुष्प वली नेतृत्वको वाईसिएलनेपाललाई बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।’
त्यसमा प्रतिक्रिया दिँदै सापकोटाले लेखेका छन्, ‘अनिल जि फ्याक्सर्नको हिसाबले म त चुनाबमा लैजाने तयारीमा थिए । (नाताले तपाईको दाई) आदरणिय नेता जनार्दन शर्माले पार्टी पदाधिकारी बैठक र अध्यक्षसॅग वाईसिएलजस्तो संगठनलाई चुनाब लैजानुहुन्न भनि सहमति कुरा आएको छ । खास के हो रु अनि तपाईहरूको पक्षले खुमलटार पुगेर गरेका अन्य सहमतिबारे मलाई केहि जानकारी कसैले गराईदिए हुने हो, मैले घुईरो-घुईरो सुनेको मात्रै छु । ycl मा घुनपुतलि नलागेपछि तपाई र अन्य आसेपासेले आजबाट सुरू गरेको प्रचार निन्दनिय छ । यस्ता पानिमरूवा चाल चल्न छोडेर साच्चै लड्न आए हुन्छ । म माओवादीमा तपाईका दाई जहॅा लड्छन् त्यहि चुनाब लड्न तयार छु ।’
प्रतिक्रिया