कार्यक्रम व्यवस्थापन संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा राजेन्द्र लुईटेल निर्वाचित

सोमबार, १६ असार २०८२, १२ : २३

काठमाडौं– कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल, सचिवमा विपिन पोखेरल, कोषाध्यक्षमा मनोज थापा र्निविरोध निर्वाचित भएका छन् । 

त्यसैगरी सहसचिवमा भागिरथ कुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहूल बन्जाडे, पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए । निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल निर्वाचन अधिकृत रहेका थिए ।

प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरुलाई  प्रमुख अतिथि तथा विशिष्ठ अतिथि डा.अर्पणा शाह लगायतका अतिथिहरुले प्रमाण पत्र सहित वधाई दिएका थिए । अधिवेशन तथा चुनावी सभालाई पर्येवक्षकका रुपमा विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारी रहेका थिए ।

देशभरका १२० भन्दा वढि ईभेन्ट आयोजक तथा  कम्पनीहरुको सहभागिता रहेको सोही महाधिवेशनबाट ३ जनालाई सल्लाहकार चयन गरिएको थियो । वरिष्ठ चिकित्सक एवं गीतकार डा।भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा टिचिङ अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्व गर्भनर डा.सुशिला मल्ललाई सल्लाहकारको प्रमाण पत्र प्रदान गरिएको थियो ।

सोही समारोहमा संघका निवर्तमान अध्यक्ष लव बहादुर कार्कीलाई संरक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण विएम आचार्यले गरेका थिए ।

 
 
 
सोमबार, १६ असार २०८२, १२ : २३

प्रतिक्रिया