धानबालीमा लाग्ने प्रमुख किराहरु र तिनीहरुको व्यवस्थापन

आइतबार, ०४ साउन २०८२, ०९ : ५२

धान अन्नबालीहरू मध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो हिस्सा ओगटेकोे महत्वपूर्ण खाद्य बाली हो । यसले राष्ट्रको खाद्य सुरक्षा, अर्थतन्त्र र सांस्कृतिक परम्पराहरुमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यसमा विभिन्न जैविक तथा अजैविक चुनौतिहरु विगतका केहि बर्ष देखि बढ्दै गएको पाईन्छ । यी चुनौतीहरुले धानको उत्पादनमा उल्लेख्य ह्रास ल्याउने गरेको छ । रोग तथा कीराहरुको प्रकोपले पनि प्रमुख चुनौतीहरु मध्ये पर्दछन् । 

नेपालमा धान बालीमा विभिन्न किराले गरेको क्षतिलाई हेर्दा अहिले सम्मको विभिन्न क्षेत्रमा समय सयममा कीराहरुको प्रकोपले विकराल रुप लिएर धान वालीमा व्यापक मात्रामा क्षती गरेको पाईएको छ । यी हानिकारक कीराहरुको समस्याहरुलाई पहिचान गरी समयमै व्यवस्थापन गरिएमा उत्पादनमा हुने क्षतिलाई न्युनिकरण गर्न सकिन्छ । धानको व्याड, वानस्पतिक र प्रजन्न अबस्थामा विभिन्न कीराहरुले क्षति गर्ने गर्दछन् । यसरी क्षति गर्ने कीराहरु लगभग ७० प्रजातिका भए पनि नेपालमा लगभग २० प्रजातिका कीराहरुले मात्र आर्थिक रुपमा व्यापक क्षति पु¥याउने गर्दछन् । आर्थिक दृष्टीकोणले महत्वपूर्ण मानिएका धानलाई क्षति पु¥याउने कीराहरु क्षतिको आधारमा पाँच प्रकारमा वर्गिकरण गरिएको छ ।

dhan 

   != रस चुस्ने कीराहरु

  • खैरो फड्के कीरा [Brown planthopper Nilaparvata lugens (Stal) (Homoptera:Delphacidae)]
  • सेतो पिठ्यु भएको फड्के कीरा [Whitebacked planthopper Sogatella furcifera (Horváth) (Homoptera:Delphacidae)]
  • हरियो फड्के कीरा [Green Rice leafopper  Nephotethix nigropictus (Stal) and N. virescens (Distant) (Homoptera: Cicadellidae)]
  • धानको मिलीबग [Rice Mealy bug Brevennia rehi (Lindinger) (Hemiptera: Pseudococcidae)]
  • धानको थ्रिप्स [Rice thrips Stenchaetothrips  spp. (Thysanoptera: Thripidae)]

 

२= पात खाने कीराहरु

  • धानको वाला काट्ने कीरा/फौजी कीरा [Rice ear cutting caterpillar Mythimna separata (Walk) (Noctuidae: Lepidoptera)]
  • धानमा झुण्डमा लाग्ने कीरा ​​​[Rice Swarming Caterpillar Spodoptera mauritia (Boisd.) (Lepidoptera: Noctuidae)]
  • धानको पातमा खोल वनाउने कीरा [Rice Caseworm  Nymphula depunctalis (Guenee) (Lepidoptera: Pyralidae)]
  • धानको पात वेरुवा कीरा[Rice leaf folder Cnaphalocrocis medinalis (Guenee) (Lepidoptera:Pyralidae)]
  • हरियो सिङ्गे कीरा [Green horned caterpillar Melanitis leda ismene Cramer (Lepidoptera: Nymphalidae)]
  • धानका स्किपरहरु [Rice SkipperPelopidas mathias (Fab.) (Lepidotera: Hesperiidae)]
  • काडाँदार खपट] [Rice Hispa Dicladispa armigera Oliver, (Coleoptera: Chrysomelidae)]
  • फटेङ्ग्रा [Grasshoppers Hieroglyphus banian (Fab), (Orthoptera: Acrididae)]

 

३. डाँठ र गुभो खाने कीराहरु

  • धानको पहेलो गभारो [Yellow rice Borer Scirpophaga incertulas (Walker) (Lepidoptera: Pyralidae)
  • गुलाबी गभारो [Pink Borer Sesamia inferens (Walker) (Lepidoptera: Noctuidae)]
  • धानको ढुङ्ग्रे कीरा [Rice Gall Midge Orseolia orzyae (Wood-Mason) (Diptera: Cecidomyiidae)

४. दाना चुसेर खाने कीरा

  • कलिलो दाना खाने कीरा/धानको पतेरो [Rice Ear-head bug Leptocorisa  acuta Thunberg (Hemiptera: Alydidae)]

५. जरा खाने कीराहरु

  • ट्वाँटी कीरा [Mole cricket Gryllotalpa africana (Orthoptera: Gryllotalpidae)]
  • रिट्ठे कीरा [Seed Bed Beetle Heteronychus lioderes (Coleoptera: Scarabaeidae)]

 

क्षति गर्ने कीराको अबस्था

क्षतिको आधारमा कीराहरु क्षति गर्ने अबस्था 

रस चुस्ने कीराहरु (Sap sucker)

फड्के कीराहरु, थ्रिप्स, मिलिबग अपरिपक्व र बयस्क अबस्था
पात खाने कीराहरु पुतली समुह लार्भा अबस्था
काडाँदार खपटे लार्भा र बयस्क अबस्था
फटेङ्ग्रा अपरिपक्व र बयस्क अबस्था
डाँठ र गुभो खाने कीराहरु     गवारोहरु लार्भा अबस्था
दाना चुसेर खाने कीरा        पतेराहरु  अपरिपक्व र बयस्क अबस्था

जरा खाने कीराहरु (root feeder)

ट्वाँटी र खुम्रे कीरा     अपरिपक्व अबस्था

 

क्षतिको पहिचान

क्षतिको आधारमा     कीराहरु    क्षतिको पहिचान
रस चुस्ने कीराहरु फड्के कीराहरु, थ्रिप्स, मिलिबग

बोटहरु मर्ने अर्थात होपर बर्न (Hopper burn), बोटको फेदमा कालो ढुसी

पात खाने कीराहरु पुतली समुह पातको छेउबाट खाने, बेरिएका पात ढुग्रो बनाएको, मुल नशा मात्र बाँकी राखेर अरु सबै खाएको आदि
काडाँदार खपटे     पातहरु सेतो अथवा पातमा सेता लाम्चा धर्सा भएको
फटेङ्ग्रा     मुख्य नशा मात्र बाँकी रहने गरि सम्पुर्ण हरियो भाग खाएका पातहरु 
डाँठ र गुभो खाने कीराहरु गवारोहरु

मृत गावा (Dead heart)वा सेतो वाला (White head)

दाना चुसेर खाने कीरा पतेराहरु विच विचमा हल्का खैरो र छेउमा गाढा खैरो धब्बा भएको दाना
जरा खाने कीराहरु ट्वाँटी र खुम्रे कीरा व्याड अबस्थमा जरा काटिएको र सुकेको ब्याड

 

व्यवस्थापन कहिले गर्ने

क्षतिको आधारमा कीराहरु कहिले व्यवस्थापन गर्ने
रस चुस्ने कीराहरु फड्के कीराहरु धान रोपेको ३० दिन पछि हरेक हप्ता कम्तीमा एक दिन एक पटक धान खेतको निरिक्षण गर्दा १ वटा फड्के कीरा प्रति गाँज (गाँज हाल्दा) वा  १० वटा फड्के कीरा प्रति गाँज (पोटाउदा) देखिएमा व्यवस्थापन गर्नु पर्दछ ।
पात खाने कीराहरु पुतली समुह पातमा ५% भन्दा बढी क्षति देखिएमा व्यवस्थापन गर्नु पर्दछ ।
काडाँदार खपटे २ वटा बयस्क प्रति वोट वा १०% भन्दा बढी पातमा क्षति देखिएमा व्यवस्थापन गर्नु पर्दछ ।
फटेङ्ग्रा २–८% पात खाएको प्रति गाँज वा ७(१२ फटेङ्ग्रा प्रति बर्ग मिटर देखिएमा व्यवस्थापन गर्नु पर्दछ ।
डाँठ र गुभो खाने कीराहरु गवारोहरु प्रति २० गाँजमा २ वटा फुलहरुको झुण्डहरु वा ३ वटा वयस्क पोथी पुतली वा ६ देखी १०% प्रतिशत मृत गुवोहरु देखियमा व्यवस्थापन गर्नु पर्दछ ।
दाना चुसेर खाने कीरा पतेराहरु पतेराले चुसेको ४ देखी ७ वटा दाना प्रति बाला देखिएमा व्यवस्थापन गर्नु पर्दछ ।
जरा खाने कीराहरु ट्वाँटी र खुम्रे कीरा ब्याड अबस्थामा क्षति देखिएमा व्यवस्थापन गर्नु पर्दछ ।

 

 

एकिकृत व्यबस्थापन

  • खेतबालीलाई राम्ररी गोडमेल गर्ने र कीराहरुका बैकल्पिक आश्रय स्थललाई नष्ट गर्नु पर्दछ ।
  • खेत वारीमा देखिएका माकुराहरु, बाघे खपटे, गाईने किरा लगाएत मित्रुजिहरुको संरक्षण गर्नु पर्दछ ।
  • नाइट्रोजन युक्त मलको उचित प्रयोग गर्ने यसको लागी युरियामा निमको पिना वा निमको तेल मिसाई थोर थोरै मात्रामा टप ड्रेस गर्ने ।
  • सम्भब भए सम्म कीरा अबरोधी जातहरुको छनोट गर्नु पर्दछ ।
  • कीराको प्रकोप बढ्न लागे पछि सम्पर्क र दैहिक गुण भएका विषादीहरुको १० देखी १५ दिनको अन्तरमा आलोपालो गरी प्रयोग गर्नु पर्दछ । विषादी छनोट गर्दा प्रभाबकारी, नेपालमा दर्ता भएका, प्राकृतिक मित्रुजिबहरुलाई कम घातक हुने खालका बिषादी छनोट गर्नु पर्दछ ।
  • विषादीको प्रयोग गर्दा कीट विज्ञ वा वाली संरक्षण अधिकृतको सल्लाहमा सिफारिस गरिएको दरमा मात्र प्रयोग गर्नु पर्दछ ।
  • विषादी प्रयोग गर्नु परेमा तल उल्लेखित कीराहरुलाई निम्मानुसारका विषादीहरु प्रयोग गर्न सकिन्छ ।
क्षतिको आधारमा कीराहरु विषादीको प्रयोग
रस चुस्ने कीराहरु

फड्के कीराहरु

थ्रिप्स, मिली बग

गाँज लाग्ने बेलामा कीराहरु देखिएमा सिफारीस गरिएको दानादार विषादी जस्तैः कार्टपहाइड्रोक्लोराईड ४% जि.आर वा फिप्रोनिल ०.३% जि.आर विषादी ६०० देखी ७५० ग्राम प्रति कठ्ठाका वा १ किलो प्रति रोपनीका दरले छर्ने । अथवा दैहिक विषादीहरु जस्तै निटेनपाइराम १०% २ देखी ५ मि.ली. वा इमिडाक्लोपिड १७.८ एस.सी ४ मि.ली वा थायोमिथोक्जाम २५% एस.जी. ३.२ देखी ३.५ ग्राम वा एसिफेट ७५% एस.एल. १६ मि.ली वा इटोफेप्रक्स १०% ई.सी ८ मि.ली. वा प्रति १६ लिटर पानीमा मिसाएर विरुवाको तल्लो भागमा पर्ने गरि छर्ने ।
पात खाने कीराहरु

पुतली समुह

काडाँदार खपटे

फटेङ्ग्रा

सम्पर्क वा आन्तरिक विषादीहरु जस्तै स्पनोस्याड ४५% एस सी ५ मिली लिटर वा इमामेक्टीन बेन्जोएट ५% एस जी ५ ग्राम वा साइपरमेथ्रिन १०% ई.सी १६ मि. ली. प्रति १६ लिटर पानीमा मिसाइ विरुवा भिज्ने गरी प्रकोपको समयमा आवश्यकता अनुसार स्प्रे गर्ने गर्नुपर्दछ ।
डाँठ र गुभो खाने कीराहरु गवारोहरु गाँज लाग्ने बेलामा कीराहरु देखिएमा सिफारीस गरिएको दानादार विषादी जस्तैः कार्टपहाइड्रोक्लोराईड ४% जि.आर वा फिप्रोनिल ०.३% जि.आर विषादी ६०० देखी ७५० ग्राम प्रति कठ्ठाका वा १ किलो प्रति रोपनीका दरले छर्ने ।
दाना चुसेर खाने कीरा पतेराहरु दैनिक विषादीहरु जस्तै इमिडाक्लोपिड १७.८ एस.सी ४ मि.ली डाईनाईट्रोफिउरान २०% एस.जी ८ ग्राम वा साइपरमेथ्रिन १०% ई.सी १६ मि. ली. प्रति १६ लिटर पानीमा मिसाएर धान पसाउदा प्रयोग गर्ने ।
जरा खाने कीराहरु ट्वाँटी र खुम्रे कीरा ब्याड अबस्थामा क्षति पाईएमा सिफारीस गरिएको दानादार विषादी जस्तैः कार्टपहाइड्रोक्लोराईड ४% जि.आर वा फिप्रोनिल ०.३% जि.आर विषादी ६०० देखी ७५० ग्राम प्रति कठ्ठाका वा १ किलो प्रति रोपनीका दरले छर्ने ।

(लेखक राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिक हुन् ।)

 
 
 
 
 
 
 
 
आइतबार, ०४ साउन २०८२, ०९ : ५२

प्रतिक्रिया