धान अन्नबालीहरू मध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो हिस्सा ओगटेकोे महत्वपूर्ण खाद्य बाली हो । यसले राष्ट्रको खाद्य सुरक्षा, अर्थतन्त्र र सांस्कृतिक परम्पराहरुमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यसमा विभिन्न जैविक तथा अजैविक चुनौतिहरु विगतका केहि बर्ष देखि बढ्दै गएको पाईन्छ । यी चुनौतीहरुले धानको उत्पादनमा उल्लेख्य ह्रास ल्याउने गरेको छ । रोग तथा कीराहरुको प्रकोपले पनि प्रमुख चुनौतीहरु मध्ये पर्दछन् ।
नेपालमा धान बालीमा विभिन्न किराले गरेको क्षतिलाई हेर्दा अहिले सम्मको विभिन्न क्षेत्रमा समय सयममा कीराहरुको प्रकोपले विकराल रुप लिएर धान वालीमा व्यापक मात्रामा क्षती गरेको पाईएको छ । यी हानिकारक कीराहरुको समस्याहरुलाई पहिचान गरी समयमै व्यवस्थापन गरिएमा उत्पादनमा हुने क्षतिलाई न्युनिकरण गर्न सकिन्छ । धानको व्याड, वानस्पतिक र प्रजन्न अबस्थामा विभिन्न कीराहरुले क्षति गर्ने गर्दछन् । यसरी क्षति गर्ने कीराहरु लगभग ७० प्रजातिका भए पनि नेपालमा लगभग २० प्रजातिका कीराहरुले मात्र आर्थिक रुपमा व्यापक क्षति पु¥याउने गर्दछन् । आर्थिक दृष्टीकोणले महत्वपूर्ण मानिएका धानलाई क्षति पु¥याउने कीराहरु क्षतिको आधारमा पाँच प्रकारमा वर्गिकरण गरिएको छ ।
!= रस चुस्ने कीराहरु
२= पात खाने कीराहरु
३. डाँठ र गुभो खाने कीराहरु
४. दाना चुसेर खाने कीरा
५. जरा खाने कीराहरु
क्षति गर्ने कीराको अबस्था
| क्षतिको आधारमा | कीराहरु | क्षति गर्ने अबस्था |
|
रस चुस्ने कीराहरु (Sap sucker) |
फड्के कीराहरु, थ्रिप्स, मिलिबग | अपरिपक्व र बयस्क अबस्था |
| पात खाने कीराहरु | पुतली समुह | लार्भा अबस्था |
| काडाँदार खपटे | लार्भा र बयस्क अबस्था | |
| फटेङ्ग्रा | अपरिपक्व र बयस्क अबस्था | |
| डाँठ र गुभो खाने कीराहरु | गवारोहरु | लार्भा अबस्था |
| दाना चुसेर खाने कीरा | पतेराहरु | अपरिपक्व र बयस्क अबस्था |
|
जरा खाने कीराहरु (root feeder) |
ट्वाँटी र खुम्रे कीरा | अपरिपक्व अबस्था |
क्षतिको पहिचान
| क्षतिको आधारमा | कीराहरु | क्षतिको पहिचान |
| रस चुस्ने कीराहरु | फड्के कीराहरु, थ्रिप्स, मिलिबग |
बोटहरु मर्ने अर्थात होपर बर्न (Hopper burn), बोटको फेदमा कालो ढुसी |
| पात खाने कीराहरु | पुतली समुह | पातको छेउबाट खाने, बेरिएका पात ढुग्रो बनाएको, मुल नशा मात्र बाँकी राखेर अरु सबै खाएको आदि |
| काडाँदार खपटे | पातहरु सेतो अथवा पातमा सेता लाम्चा धर्सा भएको | |
| फटेङ्ग्रा | मुख्य नशा मात्र बाँकी रहने गरि सम्पुर्ण हरियो भाग खाएका पातहरु | |
| डाँठ र गुभो खाने कीराहरु | गवारोहरु |
मृत गावा (Dead heart)वा सेतो वाला (White head) |
| दाना चुसेर खाने कीरा | पतेराहरु | विच विचमा हल्का खैरो र छेउमा गाढा खैरो धब्बा भएको दाना |
| जरा खाने कीराहरु | ट्वाँटी र खुम्रे कीरा | व्याड अबस्थमा जरा काटिएको र सुकेको ब्याड |
व्यवस्थापन कहिले गर्ने
| क्षतिको आधारमा | कीराहरु | कहिले व्यवस्थापन गर्ने |
| रस चुस्ने कीराहरु | फड्के कीराहरु | धान रोपेको ३० दिन पछि हरेक हप्ता कम्तीमा एक दिन एक पटक धान खेतको निरिक्षण गर्दा १ वटा फड्के कीरा प्रति गाँज (गाँज हाल्दा) वा १० वटा फड्के कीरा प्रति गाँज (पोटाउदा) देखिएमा व्यवस्थापन गर्नु पर्दछ । |
| पात खाने कीराहरु | पुतली समुह | पातमा ५% भन्दा बढी क्षति देखिएमा व्यवस्थापन गर्नु पर्दछ । |
| काडाँदार खपटे | २ वटा बयस्क प्रति वोट वा १०% भन्दा बढी पातमा क्षति देखिएमा व्यवस्थापन गर्नु पर्दछ । | |
| फटेङ्ग्रा | २–८% पात खाएको प्रति गाँज वा ७(१२ फटेङ्ग्रा प्रति बर्ग मिटर देखिएमा व्यवस्थापन गर्नु पर्दछ । | |
| डाँठ र गुभो खाने कीराहरु | गवारोहरु | प्रति २० गाँजमा २ वटा फुलहरुको झुण्डहरु वा ३ वटा वयस्क पोथी पुतली वा ६ देखी १०% प्रतिशत मृत गुवोहरु देखियमा व्यवस्थापन गर्नु पर्दछ । |
| दाना चुसेर खाने कीरा | पतेराहरु | पतेराले चुसेको ४ देखी ७ वटा दाना प्रति बाला देखिएमा व्यवस्थापन गर्नु पर्दछ । |
| जरा खाने कीराहरु | ट्वाँटी र खुम्रे कीरा | ब्याड अबस्थामा क्षति देखिएमा व्यवस्थापन गर्नु पर्दछ । |
एकिकृत व्यबस्थापन
| क्षतिको आधारमा | कीराहरु | विषादीको प्रयोग |
| रस चुस्ने कीराहरु |
फड्के कीराहरु थ्रिप्स, मिली बग |
गाँज लाग्ने बेलामा कीराहरु देखिएमा सिफारीस गरिएको दानादार विषादी जस्तैः कार्टपहाइड्रोक्लोराईड ४% जि.आर वा फिप्रोनिल ०.३% जि.आर विषादी ६०० देखी ७५० ग्राम प्रति कठ्ठाका वा १ किलो प्रति रोपनीका दरले छर्ने । अथवा दैहिक विषादीहरु जस्तै निटेनपाइराम १०% २ देखी ५ मि.ली. वा इमिडाक्लोपिड १७.८ एस.सी ४ मि.ली वा थायोमिथोक्जाम २५% एस.जी. ३.२ देखी ३.५ ग्राम वा एसिफेट ७५% एस.एल. १६ मि.ली वा इटोफेप्रक्स १०% ई.सी ८ मि.ली. वा प्रति १६ लिटर पानीमा मिसाएर विरुवाको तल्लो भागमा पर्ने गरि छर्ने । |
| पात खाने कीराहरु |
पुतली समुह काडाँदार खपटे फटेङ्ग्रा |
सम्पर्क वा आन्तरिक विषादीहरु जस्तै स्पनोस्याड ४५% एस सी ५ मिली लिटर वा इमामेक्टीन बेन्जोएट ५% एस जी ५ ग्राम वा साइपरमेथ्रिन १०% ई.सी १६ मि. ली. प्रति १६ लिटर पानीमा मिसाइ विरुवा भिज्ने गरी प्रकोपको समयमा आवश्यकता अनुसार स्प्रे गर्ने गर्नुपर्दछ । |
| डाँठ र गुभो खाने कीराहरु | गवारोहरु | गाँज लाग्ने बेलामा कीराहरु देखिएमा सिफारीस गरिएको दानादार विषादी जस्तैः कार्टपहाइड्रोक्लोराईड ४% जि.आर वा फिप्रोनिल ०.३% जि.आर विषादी ६०० देखी ७५० ग्राम प्रति कठ्ठाका वा १ किलो प्रति रोपनीका दरले छर्ने । |
| दाना चुसेर खाने कीरा | पतेराहरु | दैनिक विषादीहरु जस्तै इमिडाक्लोपिड १७.८ एस.सी ४ मि.ली डाईनाईट्रोफिउरान २०% एस.जी ८ ग्राम वा साइपरमेथ्रिन १०% ई.सी १६ मि. ली. प्रति १६ लिटर पानीमा मिसाएर धान पसाउदा प्रयोग गर्ने । |
| जरा खाने कीराहरु | ट्वाँटी र खुम्रे कीरा | ब्याड अबस्थामा क्षति पाईएमा सिफारीस गरिएको दानादार विषादी जस्तैः कार्टपहाइड्रोक्लोराईड ४% जि.आर वा फिप्रोनिल ०.३% जि.आर विषादी ६०० देखी ७५० ग्राम प्रति कठ्ठाका वा १ किलो प्रति रोपनीका दरले छर्ने । |
(लेखक राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिक हुन् ।)
प्रतिक्रिया