बाढीपीडितलाई राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ नवलपरासीको आर्थिक सहयोग

सोमबार, २२ भदौ २०८३, ११ : २२

काठमाडौं- रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा खानेपानी व्यवस्थापनका लागि राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासीबाट ५४ हजार २३१ रुपैयाँ आर्थिक सहयोग जुटाइएको छ ।

राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासी जिल्ला कार्यसमिति तथा जिल्लाका विभिन्न खानेपानी उपभोक्ता संस्थाको पहलमा उक्त रकम संकलन गरिएको हो ।

विपद्को समयमा रसुवाका प्रभावित नागरिकको खानेपानी व्यवस्थापनलाई निरन्तरता दिने उद्देश्यले देशभरबाट सहयोग जुटाउने अभियानअन्तर्गत नवलपरासी जिल्ला कार्यसमितिले समेत आर्थिक सहयोग संकलन गरेको जनाएको छ । संकलित रकम रसुवाका प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खानेपानी व्यवस्थापन तथा राहत कार्यमा परिचालन गरिएको बताइएको छ ।

अभियानमा महासंघका अध्यक्ष गुप्तबहादुर केसीले ५ हजार ५०० रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै मञ्जु क्षेत्री र केशवकान्त न्यौपानेले २ हजार ५०० रुपैयाँका दरले, गणेश गुप्ताले १५ हजार ११५ रुपैयाँ, कृष्ण क्षेत्रीले ५ हजार ५०० रुपैयाँ तथा तारा ब। पौडेलले २ हजार ५०० रुपैयाँ सहयोग गरेका छन् ।

शान्ति पोखरेलले २ हजार ५ रुपैयाँ, राजेन्द्र शर्माले १ हजार रुपैयाँ, लोकेश्वर वैरागनाथ खानेपानी संस्थाले ११ हजार १११ रुपैयाँ, प्रदेश कोषाध्यक्ष दिनेश उपाध्यायले ५ हजार रुपैयाँ र प्रदेश सदस्य मोनिका क्षेत्रीले २ हजार रुपैयाँ सहयोग गरेका छन् ।

महासंघले विपद्को दुःखद् घडीमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, खानेपानी उपभोक्ता संस्था तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ । मानवीय सेवाको भावनासहित पीडित नागरिकको साथमा उभिएर गरिएको सहयोगले प्रभावित क्षेत्रमा राहत तथा खानेपानी व्यवस्थापनमा थप सहयोग पुग्ने महासंघको विश्वास छ ।

सहयोग संकलन तथा व्यवस्थापन कार्यमा सहजीकरण गर्ने राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय सदस्यद्वय दीपक लम्साल र दीपक पौडेलप्रति पनि जिल्ला कार्यसमितिले विशेष धन्यवाद व्यक्त गरेको छ ।

महासंघले विपद्का बेला पीडित नागरिकको साथमा उभिन व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गरेको छ ।

सोमबार, २२ भदौ २०८३, ११ : २२

प्रतिक्रिया