काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा उद्योगी व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन् । छलफलमा मुलुकको समग्र आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या तथा लगानीको वातावरणबारे विचारविमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै, रोजगारी सिर्जना, लगानी विस्तार तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे पनि छलफल भइरहेको बताइएको छ ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा उद्योग–व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया