झण्डै एक अर्बका भवन शिलान्यास गर्दै प्रधानमन्त्रीले भने - मान्छेलाई बेबारीसे भएर बस्न यो सरकारले दिँदैन

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोही पनि नेपालीलाई बेबारीसे भएर बस्न नदिने बताएका छन् । 

ललितपुरको भैंसेपाटीमा सोमबार भिआईपी आवासका लागि बन्न लागेका भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले उनीहरुका लागि सरकारले व्यवस्था गर्ने बताए । 

‘कोही पनि मान्छे मान्छे भएर आवास नभएर खाना नपाएर बेसहारा भएर सडकमा गर्मी वा ठण्डीमा बेबारीसे अबस्थामा बस्न यस सरकारले दिँदैन’, उनले भने, ‘यो सरकारले त्यस्ता कुराहरुको व्यवस्था गर्छ ।’ 

प्रधानमन्त्री अ‍ोलीले देशलाई छिट्टै भिखारीमुक्त घोषणा गर्ने भन्दै सडकमा कुनै नागरिक बेसहारा बसेको भए खबर गर्न पनि आग्रह गरे । 

प्रधानमन्त्री ओलीले देशमा केही पनि भएको छैन भनेर निराशा फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए।

भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मन नपरोस् भन्नका लागि गरिरी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पु¥याउने बताए । 

“हरेक दिन नेपाल एक कदन अगाडिको नारा मैले दिएको छु । ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुनेछ’ उनले भने ‘गैह्रमुद्धालाई मुद्धा बनाएर विरोध गर्नेहरु थाक्लान् तर सरकार आफ्नो बाटोमा अडिग रहनेछ ।’

कुल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विगाले आज आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो । 

‘केसी समान्तर जेबी कम्पनी’ले निर्माण गर्ने सो स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन तीन तले दुई भवन गरी कूल १४ अत्याधुनिक र सुविधासम्पन्न भवन बन्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया