तपाई विभिन्न किसिमका रेकर्डका बारेमा सुन्नभएको होला । आफ्नो नाम गिनिज बुकमा लेखाउनका लागी विभिन्न किसिमका काम गर्ने गरेका छन् । तर,यो बुकमा मानिसले बनाएको किर्तिमानीका साथै जनावरले बनाएको कीर्तिमानका बारेमा पनि राख्ने गरिएको छ ।
आजको कहानी एक जनावरका बारेमा रहेको छ । यो ४१ किलो ऊन दिने भेडाको हो,जसको नाम ऋिसको राखिएको छ । ऋिसले २०१५ मा सबैभन्दा बढी ऊन दिने रेकर्ड बनाएको थियो । त्यसैले ऋिसको नाम गिनिज बुकमा दर्ता भएको थियो । हालसम्म पनि ऋिसले बनाएको रेकर्ड अन्य भेडाले तोड्न सकेका छैनन् ।
तर ४१ किलो ऊन दिने भेडाको मृत्यृ भएको छ । ऋिसको शरिरबाट ४१ किलो ऊन निकालिएको थियो । तर,अत्यधिक वजन भएका कारण ऋिसको जीवन खतरामा परेको थियो,जसका कारण यो भेडाको कपाल काटिएको थियो र यसबाट निकालिएको ऊनको विश्व रेकर्ड बनाएको थियो ।
यो समाचार सेयर गरिएपछि विश्वभरका मानिसले आफ्नो प्रतिक्रिया दिन सुरु गरेका छन् । ऋिसको हेरचाह गर्दै आएको संस्था साउथ वेल्स र्फमले ऋिसको मुत्युको समाचारको पुष्टि गरेको छ । संस्थाले अधिक उमेर भएका कारण ऋिसको मुत्यृ भएको जनाएको छ । लिटिल ओक सेन्चुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,प्यारो बुद्धिमान तथा मित्रताबाट भरिएको यो आत्माको बिदाइबाट हामी अत्यन्त दुखित भएका छौं ।
प्रतिक्रिया