न्युयोर्क ःअमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको डढेलोका कारण संकटकाल घोषण गरिएको छ । क्यालीफोर्नीयाका गभर्रले राज्य सरकारको तर्फबाट संकटकाल घोषणा गरेका हुन् ।
जंगलमा केही समयदेखि लागिरहेको डढेलो नियन्त्रणमा आएको छैन । हावाहुरीसमेत चलिरहेको र बिजुलीका तार पड्किएर प्रभावित क्षेत्र अन्धकारमय हुन सक्ने भएकाले संकटकाल घोषणा गरिएको बताइएको छ ।( किनकेड फायर) नाम दिइएको यस आगलागिका कारण १२ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको छ ।
आगो नियन्त्रणा नआएकाले क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको छ । डढेलोका कारण अहिलेसम्म ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । डढेलोले सयौं संरचनामा क्षति पुर्याएको अधिकारीले जनाएका छन् । उत्तरी क्यालिफोर्नियामा बुधबार सुरु भएको डढेलोले नजिकैको बिजुलीको तारलाई क्षति पुर्याएपछि आगो झन् फैलिएको थियो ।
प्रतिक्रिया