इन्सेकको अध्यक्षमा श्रेष्ठ चयन

४ बर्ष अगाडि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २३औँ साधारणसभाले डा .इन्दिरा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको सदस्यमा दीपकराज काफले, नजिर मियाँ, गीता बराल, रुद्रबहादुर चर्मकार, रघुनाथ अधिकारी र शोभाकर बुढाथोकी चयन ।  भएका छन् अध्यक्ष श्रेष्ठले मानवअधिकार र सामाजिक न्यायका विषयमा इन्सेक अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताए ।     
     
शुक्रबार भएको सभाले नौ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । नेपालको संविधान लागूभएसँगै मुलुकमा स्थापित सङ्घीय शासन प्रणाली र जनअधिकारको रक्षा, विकास र सचेतनाका लागि इन्सेकद्वारा राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने नागरिक तथा राजनीतिक अधिकारका सन्दर्भमा विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तीनै तहका सरकारसँगको सहकार्य मजबुत बनाइने घोषणापत्रमा उल्लेख गरिएको छ ।     
     
विधिको शासन र मानवअधिकार रक्षा तथा विकासका लागि राजनीतिक दलका साथै राज्यका विभिन्न निकायसँग सहकार्य गर्ने, सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई यथाशक्य छिटो र पीडितको न्यायको सुनिश्चिततासहित निष्कर्षमा पु¥याउन जोडदार माग गर्ने इन्सेकले जनाएको छ ।   
 

४ बर्ष अगाडि

प्रतिक्रिया