त्रिभुवन विमानस्थलको  ‘रिमोट पार्किङ वे’ २ महीनाभित्रै सञ्चालनमा आउने

४ बर्ष अगाडि

त्रिभुवन विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महीनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष ९एडीएफ० को रू। १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईओटा ‘पार्किङ वे’ निर्माण गरिरहेको छ । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ । 

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महीनादेखि नै सञ्चालनमा आइसकेको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरिरहेको छ । दक्षिणतर्पmको पार्किङ वे असोज महीनाअघि नै तयार गर्ने भनिए पनि सामग्री आपूर्ति लगायत समस्याले केही ढिला हुन गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

अन्तरराष्ट्रिय टर्मिनलमा नौओटा विमान मात्र पार्किङ गर्न मिल्ने क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको संख्या ११ पुगेको छ ।
आर्थिक अभियान दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया