समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई सरकार छाड्ने प्रस्ताव गरेका छन ।
समाजवादी पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले सो प्रस्ताव गरेका हुन् ।
उनले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै साझेदार दलसँग महत्वपूर्ण निर्णय लिँदा सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादाको समेत ख्याल नगरेको आरोप लगाएका छन् ।
सरकारको नेतृत्व गर्ने पार्टी (नेकपा) ले एकातर्फ सविधान संशोधन गर्न कुनै चासो नदेखाएको र एकलौटी निर्णय गरेर प्रदेश प्रमुखहरु हटाउने निर्णय गरेकाे उनकाे भन्दै सरकार छाड्नुपर्ने उनकाे प्रस्ताव छ ।
प्रतिक्रिया