प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

बुधबार, ११ मंसिर २०७६, ११ : ४६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा गएका र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा छन् ।     
  
 

बुधबार, ११ मंसिर २०७६, ११ : ४६

प्रतिक्रिया