कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका १४ उम्मेदवार (नामावली सहित)

४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १४ उम्मेदवार तय गरेको हो । प्रदेश ६ का दुई उम्मेदवारको भने टुंगो लाग्न बाँकी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ । प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यकरअपाङ्गताको कोटामा भोला पन्जियारले टिकट पाएका छन् । दलित र अन्य पदमा भने कांग्रेसलेसमाजवादी पार्टीलाई सघाउने बताएको छ ।

प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठले टिकट पाएका छन् ।

यस्तै गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंकरअपांगता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको कांग्रेसले जनाएको छ । प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया