न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालाले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र आचारसंहिता बनाउने ठाउँ न्याय परिषद्मा बसेर सके राम्रो नसके गन्हाउने भएर नबस्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
संसदीय सुनुवाइ समितिमा सुनुवाइमा क्रममा निरालाले जीवनको उत्तराद्र्धमा राम्रो काम गरेर देखाउने अवसरका रुपमा आफूले परिषद् सदस्यलाई लिएको सुनाउँदै भने, “राम्रो काम गरेर केही जस पाऊँ भन्ने लोभ सबैलाई हुन्छ, ममाथि प्रश्न उठ्ने अवस्था आएमा परिषद्बाट बाहिरिन्छु, म गन्हाएर निस्किने छैन ।”
निरालाले जीवनले सन्न्यास लिने बेलामा परिषद्मा गएर सक्दो राम्रो गर्ने प्रयास गर्ने र संविधान र कानूनको दायराभित्र रहेर काम गर्ने प्रतिबद्धत्ता व्यक्त गर्नुभयो । सरकारले न्याय परिषद् सदस्यमा निरालालाई सिफारिस गरेको थियो । समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले यही पुस ३ गते परिषद्मा सरकारका प्रतिनिधिका रुपमा रहने सदस्यका लागि निरालालाई सिफारिस गरेको थियो ।
शाही शासनकालमा महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्नुभएका निरालाले २०६२÷६३ को जनआन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको रायमाझी आयोगले अरूलाई सबैलाई दोषी ठहर गरेको तर आफूलाई निर्दोष साबित गरेको जिकिर गर्दै भने, “शाहीकालमा पनि एक इञ्च दायाँबायाँ नगरी काम गरेको हुनाले मलाई रायमाझी आयोगले निर्दोष साबित ग¥यो ।”
समितिका सदस्य देवप्रसाद गुरुङले न्याय क्षेत्रमा निकै भ्रष्टाचार र अनियमितताका कुरा सुनिँदै आएको र तत्कालीन शाहीकालमा महान्यायाधिवक्ताको भूमिकामा रहनुभएका उनले आगामी दिनमा कसरी काम गर्नुहुन्छ भन्ने प्रश्नमा निरालाले आफूले त्यस समयमा पनि राम्रो काम गरेको जिकिर गरे।
प्रतिक्रिया