सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा बार्गेनिङ गर्ने सञ्चार मन्त्रीलाइ तत्काल बर्खास्त गर्न नेपाली कांग्रेसले सरकार समक्ष माग गरेको छ ।
पार्टीको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चार मन्त्रीलाइ तत्काल कारवाही नगरे कांग्रेस विरोधमा उत्रिने चेतावनी समेत दिएका छन् ।
शर्माले बार्गेनिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली पनि जोडिन सक्ने संकेत दिएका छन् ।
कांग्रेसले पत्रकार सम्मेलन गर्नु अघि प्रेस वक्तव्य जारी गर्दै निस्पक्ष अनुसन्धानको प्रकिृयालाई सघाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको थियो ।
प्रतिक्रिया