घर फर्कने रकम नभएपछि जनयुद्धका २ जना घाईतेहरु सिंहदर भित्र चन्दा मागेर बाटोखर्च जुटाएका छन्।
घाईते अपाङ्गको राष्ट्रिय सम्मेलनमा आएका बाँकेकी वृक्षा उखेरा ‘साकार’ र दाङ्गकी हीरा पोख्रेल ‘रचना’ले घरफर्कने रकम नभएपछि सिंहरदरबामा चन्दा उठाएर बाटोखर्च जुटाएका हुन् ।
जनयुद्धको ढाडमा टेकेर टाउकोमा हान्ने योजना अन्तर्गत तानसेनको मोर्चामा आफ्नै मेरुदण्डमा गोली लागेर घाईते रचना तत्कालिन मंगलसेन स्मृति ब्रिगेटको बटालियन कमाण्डर हुन् ।
लिस्नेको लडाईमा गोली लागेर दुबै खुट्टा गुमाएकी रचना त्यसताका प्लाटुन कमाण्डर थिइन् ।
गतसाता काठमाडौंमा भएको जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ को राष्ट्रिय सम्मेलनमा आएका उनीहरु घर फर्कने बाटोखर्च नभएपछि काठमााडैंमै रोकिएका थिए ।
आफूहरुले जिल्लाबाट संगठनले तोकेको चन्दा संकलन गरी ल्याएर बुझाएको भएपनि फर्कनेबेला संगठनले बाटोखर्च नदिएको उनीहरुको भनाई छ ।
‘सम्मेलन सकिएपछि हामी उपचारका लागि बस्नुपर्ने भएकोले बाटोखर्च दिनुुस भनेर संगठनसंग माग्यौं तर एकैपटक जाने भए जाउँ नत्र व्यक्तिलाई पैसा दिन मिल्दैन भनेर दिएनन’ रचनाले भनिन् ‘संगठनले तोकेको चन्दा ल्याएर बुझायौँ तर आफैलाई बाटोखर्च भएन ।’
उनीहरुले पार्टी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा लाई भेट्न खोजेपनि सचिवालयले ४/५ दिनसम्म भेट्ने वातावरण नमिलाएको समेत गुनासो गरे ।
‘हिँजो उहाँहरुकै निर्देशनमा युद्ध लड्यौँ तर अहिले भेट्न सम्म पाइएन’, साकारले भनिन्, ‘आवस्यकताले युद्ध लडायो, बाध्यताले चन्दा माग्ने बनायो ।’
काठमाडौं आएर शुरुमा होटलमा बसेका उनीहरुको १० हजार खर्च तिर्ने रकम नभएपछि एकजना आफन्तलाई जमानी राखेर निस्केका थिए ।
बस्ने र खाने सम्म खर्च नभएपछि पत्रकार आस्था केसीले उनीहरुलाई आफ्नो कोठामा लगेर राखेकी थिइन । केसीकै सहयोगमा सिंहरदरबार पुगेर सांसद तथा पार्टीका नेताहरुसंग सहयोग जुटाएका थिए।
आफ्नो बाध्यता बताएपछि कतिपयले सक्दो सहयोग गरेपनि संगै युद्ध लडेका र अहिले सिंहदरबार छिरेका सांसद तथा मन्त्रीहरुले नराम्रो व्यवहार गरेका थिए ।
सहयोगको साटो जिल्लाको संगठनसंग जोडिन अर्ति दिएपछि उनीहरुले पूर्वमन्त्री गौरीशंकर चौधरीलाई सार्वजनिक रुपमै ¥याख¥याख्ती पारेका थिए ।
उनीहरुले ‘जनयुद्धमा पूर्वको साथी शहिद हुँदा पश्चिमको साथी रुन्थ्यौं, घाइते हुँदा बोकेर उपचार गथ्र्यौ तर अहिले सिंहदरबार छिरेर सहयोग माग्दा प्रशिक्षण दिने ? सक्ने भए सहयोग दिनुस सिकाउनु पर्दैन’ भनेपछि पूर्वमन्त्री चौधरी लुरुलुरु आफ्नो बाटो लागेका थिए ।
प्रतिक्रिया