संचारमन्त्रीको घुसकाण्डपछि रोकियो सेक्युरिटी प्रेस खरिद प्रक्रिया

विहीबार, ०८ फागुन २०७६, १३ : ४८

सेक्युरिटी प्रेस किन्दा मन्त्रीले घुसका लागि बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि प्रेस खरिद प्रकृया रोकिने भएको छ । 

आज बसेको सार्वजनिक लेखा समितिको बैठकले तत्काल प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ। 

आजको बैठकले खरिद प्रकृयाका लागि अनुमति दिने तयारी थियो । तर अडियो प्रकरणपछि समितिले खरिद प्रकृया अघि नबढाउन निर्देशन दिएको हो । 

बैठकमा सांसदहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रिन्टिङ प्रेस खरिद प्रकरणसम्बन्धी अडियो सार्वजनिक भएपछि छानविन गर्न माग गरेका छन् । 

बैठकमा सांसद मिनेन्द्र रिजालले लेखा समितिका सभापतिको संयोजकत्वमा छानविन समिति बनाउन माग राखे । 

विहीबार, ०८ फागुन २०७६, १३ : ४८

प्रतिक्रिया