हालसम्मको सबै भन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको जारी पूँजी २० अर्ब छ ।
जारी पूँजीको रु.२० अर्वको ४०५ ले हुन आउने रु.८ अर्व रकम बराबरको ८ करोड कित्ता मध्ये शून्य दशमलव २० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरु तथा ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर शुक्रबारदेखि सार्वजनिक निष्काशन गरेको छ ।
रु २० अर्ब जारी पूँजी रहेको बैंकको १२ अर्ब चुक्ता पूँजी छ । जसमध्ये रु १० अर्ब ३२ करोड बराबरका्े १० करोड ३२ लाख कित्ता संस्थापक सेयर छ ।
बैंकमा संस्थापक सेयर अन्तर्गत नेपाल सरकार, बैंकहरु, इन्स्योरेन्स कम्पनी देखि उद्योगपति गरी १३ जनाको लगानी छ । त्यसमध्ये बैंकमा सबै भन्दा धेरै संस्थापक शेयर स्वामित्व अर्थ मन्त्रालयको रहेको छ ।
इन्फ्रास्ट्रक्चर बैंकमा नेपाल सरकार अर्थ मन्त्रालयको रु २ अर्ब बराबरको २ करोड कित्ता सेयर छ । त्यस्तै दोश्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको रु १ अर्ब ७९ करोड बराबर १ करोड ७९ लाख कित्ता सेयर छ ।
तेश्रोमा ग्लोबल आइएमई बैंकको रु १ अर्ब ९ करोड ५० लाख बराबरको १ करोड ९ लाख ५० हजार कित्ता सेयर लगानी छ ।
त्यस्तै एनआईसी एशिया बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको १/१ करोड कित्ता अर्थात १/१ अर्ब लागनी छ ।
प्रभु बैंकको ९८ लाख ३३ हजार कित्ता, लाइफ इन्स्योरेन्सु कम्पनी नेपालको ८४ लाख, नेपाल पुर्नबिमा कम्पनीको ४९ लाख ४२ हजार, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३५ लाख, इमर्जिङ्ग नेपालको २५ लाख, नितेश अग्रवालको २४ लाख ५० हजार, बिशाल ग्रुपको १५ लाख र जीवनाथ लामिछानेको १२ लाख ४० हजार कित्ता शेयर छ ।
चुक्ता पुँजी मध्ये १० अर्ब ३२ करोड लगानी संस्थापकले गरेपछि बाँकी रहेको रु १ अर्ब ३२ करोड लगानी अन्य विभिन्न संस्थाहरुले गरेका छन् । ति लगानीकर्तामा नेपाल इन्भेष्टमेण्ट बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सूर्य लाईफ इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी, हाथवे इन्भेष्टमेन्ट, आइएमई लि, सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड, युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल, आई.एम.इ होल्डिङ्ग प्रालि, वन क्यापिटल होल्डिङ्गस प्रालि, प्रभु इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, स्वदेशी लघुवित्त वित्तीय संस्था र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी छन् ।
को को छन् सञ्चालक ?
बैंकको नियमावलीको नियम २७ अनुसार ७ ९सात० जना संचालकहरु रहने व्यवस्था छ । जस अनुसार संस्थापक शेयरधनीहरुबाट ४ जना रहन्छन् । जसमा नेपाल सरकारबाट मनोनित १ जना समेत रहने व्यवस्था छ । त्यसैगरी सर्वसाधारण शेयरधनीहरुबाट २ जना र स्वतन्त्र संचालक १ जना गरी जम्मा ७ जना सञ्चालक रहनछन् ।
बैंकको सञ्चालकमा मनोनित वा निर्वाचित हुनका लागि नियमावलीको दफा २८ मा व्यवस्था भए अनुसार कुनै पनि शेयरधनीले आफ्नो नाममा १०० (एक सय) कित्ता शेयर लिएको हुनु पर्नेछ । तर स्वतन्त्र व्यावसायिक बिशेषज्ञ संचालक तथा संगठित संस्थाको प्रतिनिधित्व गर्ने संचालकको हकमा भने उक्त नियम लागू हुँदैन ।
हाल स्वतन्त्र संचालक पद रिक्त छ भने सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना संचालक नियुक्त हुन बाँकी छ । त्यसैले हाल बैंकमा ४ जना मात्र सञ्चालक छन् । संस्थापक सेयरधनीमध्येबाट रहेका ४ सञ्चालकमा अनुज अग्रवाल, श्रीकृष्ण नेपाल, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी छन् ।
अग्रवाल बिशाल ग्रुपको प्रतिनिधिको रुपमा सञ्चालकमा नियुक्त भएका हुन् । बिशाल ग्रुपको बैंकमा रु १५ करोड बराबरको १५ लाख कित्ता लगानी छ । उनी बैंक अफ एसियाको पूर्व संचालक, नेपाल उद्योग परिसंघको उपाध्यक्ष, युनाइटेड डिष्ट्रिव्यूटर्स नेपालको संचालक, विशाल गु्रपको संचालक भई काम गरेका व्यक्ति हुन् ।
नेपाल भने सरकारका प्रतिनिधीका रुपमा सञ्चालक नियुक्त भएका हुन् । सो बैंकमा अर्थ मन्त्रालयको रु २ अर्ब बराबरको २ करोड कित्ता सेयर छ । सरकारका सहसचिव नेपाल हाल अर्थ मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाको महाशाखा प्रमुख छन्।
त्यस्तै ढकाल आइएमई लिमिटेडका प्रतिनिधीको रुपमा इन्फ्राको सञ्चालक हुन् । उनी ग्लोबल आइएमई बैकको अध्यक्ष, चन्द्रागिरी हिल्सको अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघकंो वरिष्ठ उपाध्यक्ष, इन्डोनेसियाका लागि नेपालको महावाणिज्यदूतको लगायत विभिन्न संस्थाहरुमा आवद्ध छन्। इन्फ्रामा ग्लोबल आइएमई बैंकको रु १ अर्ब ९ करोड ५० लाख बराबरको १ करोड ९ लाख ५० हजार कित्ता सेयर लगानी छ ।
जोशी इमर्जिङ्ग नेपालका प्रतिनिधिको रुपमा बैंकमा सञ्चालक नियुक्त भएका हुन् । इमर्जिङ्ग नेपालको सो बैंकमा २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर छ । नेपाल सरकार को सचिव पदबाट सेवा निवृत्त जोशी ३५ वर्ष भन्दा बढी समय निजामती सेवामा रहेर काम गरेका व्यक्ति हुन् । उनी अहिले स्वदेशी लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपाल लिमिटेडको अध्यक्ष छन्। जोशी हिमालयन बैंक, नविल बैंक, नेपाल औद्योगीक विकास निगमको सञ्चालक समेत भएर काम गरेका व्यक्ति हुन् ।
बैंकको नियमावली अनुसार संचालकको कार्यकाल ४ बर्षको रहने व्यवस्था छ ।
बैंकले आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा क्रमश ११ करोड ९७ लाख, ६६ करोड ९२ लाख र ८४ करोड ७१ लाख खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८,७८/७९ र ७९/८० मा क्रमश ७२ करोड ५२ लाख, १ अर्ब ६५ करोड ६७ लाख र २ अर्ब २ करोड खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
त्यस्तै, बैंकले आर्थिक वर्ष ७७/७८ मा ८ प्रतिशत, आर्थिक वर्ष ७८/७९ मा ६/५० प्रतिशत र आर्थिक वर्ष ७९/८० मा ६.१० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण गरेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।