ठेकेदार कम्पनीलाई काेराेना परिक्षण र ३२ कराेडका स्वास्थ्य सामग्री खरिद अनुमति : मन्त्रीदेखि सचिव सम्मकाे चलखेल

सोमबार, ०२ चैत्र २०७७, १९ : ४७

काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायले भौतिक पूर्वाधारको ठेक्कापट्टा गर्न स्थापना भएको बिध म्यानेजमेण्ट प्राली नामको कम्पनीलाई स्वास्थ्य सामग्री खरिद र ल्याब सञ्चालनका लागि अनुमति दिएको खुलेका छ ।  

सो कम्पनीलाई स्वास्थ्य सेवा विभागले आरडीटी किट खरिद गर्न  र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले कोरोना परिक्षण गर्ने ल्याब सञ्चालन गर्ने अनुमति दिएको खुलेको हो । 

काठमाडौं महानगरपालिका वडा नं. १० मा ठेगाना राखेर स्थापना भएको बिध म्यानेजमेण्ट प्रालिले स्वासथ्य सेवा विभागले विभिन्न मितिमा रु. २२ करोड ८५ लाख ६१ हजार ५६० को ठेक्का पाएको थियो । त्यस्तै एनपीएचएलले गत १३ साउनमा कोरोन परिक्षण गर्ने ल्याब सञ्चालनको अनुमति पाएको थियो । 

कम्पनि रजिष्टार कार्यालयबाट दियोपोस्टले फेला पारेको कागजात अनुसार यो कम्पनि स्वास्थ्य सामग्री खरिद र ल्याबसम्बन्धी कार्यगर्ने अनुमति नै नभएको पाइएको छ ।

२८ हजार तलब खाने कर्मचारीकाे ४० करोडकाे सम्पत्ति : ३० करोडको ब्यापार, काठमाडौंमै घर र गाडी

विकास समिति ऐन अन्तर्गत सञ्चालन भएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको शाखा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा पहुँचका भरमा २०७३ साल असोज १९ गते नासु तहमा नियुक्त भएका भिमकान्त भण्डारी विध ल्याबका सञ्चालक हुन् । 

भण्डारीले आरडीटी किट बेच्ने र पीसीआर परिक्षणको ल्याब चलाउने कम्पनी बिध म्यानेजमेन्ट प्रा.ली हो । जुन कम्पनी शुरुमा कोरोनासँग सम्बन्धित ल्याब सञ्चालनका लागि खोलिएको होइन । कम्पनी रजिष्टार कार्यालयमा यस कम्पनिले पेश गरेको प्रबन्ध पत्र अनुसार यो कम्पनी शुरुमा यातयात पुर्वाधार मुल्यांकन लगायतका उद्देश्य राखेर स्थापना गरिएको थियो ।

२३ जेठ २०७६ मा आफ्ना भाइ विवश भण्डारी र ध्रुव मैनालीको नाममा उक्त कम्पनिको कुल २५ हजार थान शेयर रहेको देखिन्छ । शुरुमा २५ लाख अधिकृत पुँजी राखेर शुरु गरिएको यो कम्पनिले १० लाख रुपैयाँको चुक्ता पुँजी देखाएको छ । जग्गा दलाल मैनालीको नाममा दर्ता गराएको कम्पनीको स्वामित्व भिमकान्तले आफ्नो नाममा ल्याएका थिए । उक्त शेयर उनले कसरी आफ्नो नाममा हत्याए भन्ने कुनै विवरण भने छैन ।कम्पनि रजिष्टार कार्यालयको विवरण अनुसार उनले १० हजार थान शेयर लिएर आफ्नो नाममा कम्पनि नै सारेका छन् । त्यस्तै कम्पनिको १० हजार थान शेयर भने दिपेश न्यौपानेको नाममा नामसारी गरिएको छ।

उर्जामन्त्रीको सचिवालयका सुब्बालाई २३ करोडको ठेक्का, माथीको आदेशमा मापदण्ड विपरीत पीसीआर ल्याव

आश्चर्य त के छ भने कम्पनि अध्यावधिक तथा शेयर लगत राखि पाउँ भन्दै भण्डारीले दिएको निवेदनमा मिति समेत पुरा उल्लेख छैन । कम्पनिको पुँजी समेत घटाइएको छ ।

तत्कालिन उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा रहेकै बखत उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका सामग्री खरिद प्रकृयामा संलग्न भएको ओम्नी ग्रुप बाहिरिएलगत्तै अप्रत्यासित रुपमा सार्वजनिक भएको विध ल्याबको लगानी शंकाष्पद देखिएको छ । उच्च स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुनसँग विदेश समेत सयर गर्ने भण्डारीलाई उच्च तहकै नेताले लगानी गरिदिएको हो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले १९ वैशाख २०७७ मा बिध सँग शुरुमै रु ५ करोड ६५ लाख २५ हजार मूल्य बराबरको आरडीटी किट खरिदका लागि जिम्मा दिएको थियो ।

अर्को अनौठो यातयात सम्बन्धी कम्पनिलाई स्वास्थ्य विभाग अन्तर्गत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कसरी ल्याबको अनुमति दियो । स्रोत भन्छ्,‘प्रयोगशालाका उच्च अधिकारीलाई आर्थिक प्रभावमा पारेर यस्तो गैरकानुनी अनुमति दिइएको हो ।’

कम्पनि रजिष्टार कार्यालयमा २० लाख रुपैयाँ अधिकृत पुँजी भएको यो कम्पनिलाई स्वास्थ्य विभागले कसरी २५ करोड हाराहारीको ठेक्का दिनु नै सन्देहपूर्ण छ ।

नक्कली मेसिनबाट कोरोना परिक्षण गर्दै विध ल्याव, ओम्नी समूहसँग मिलेर उर्जामन्त्री पुनका सचिवालयको लगानी

नक्कली ल्याव  

विध ल्याबको नाममा ओम्नी समूहले सञ्चालन गरेको ल्याबले अहिले दुई वटा जिन भएको रिएजेन्ट प्रयोग गरिरहेको छ। तर सरकारी र अन्य अस्पतालका मलिकुलर ल्याबमा भने ३ वटा जिन भएको रिएजेन्ट प्रयोग हुँदै आएको छ। विश्व स्वास्थ्य संगठनले दुई जिन भएको रिएजेन्टले भाइरसलाई सतप्रतिशत ट्रेस नगर्न पनि सक्छ भनेर तीन जिनयुक्त रिएजेन्ट प्रयोग गर्न भनेको छ । 

विध ल्याबमा सीआर परीक्षण गरेका अधिकाँसको रिपोर्ट नेगेटिभ र त्यसको एउटै कारण दुई जिन भएको रिएजेन्टले भाइरस ट्रेस गर्न नसकेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकहरु बताउँछन् । 

विध ल्याबले असोज १० गते ३ सय ८० जनाको पीसीआर परीक्षण गरेकोमा एक जनाको पनि पोजेटिभ रिजल्ट आएको छैन। त्यस्तै, असोज ९ गते ७ सय ३१ जनाको पीसीआर परीक्षण गरेकोमा पनि टे«स हुन नसकेर सबैको नेगेटिभ रिपोर्ट आएको छ।

म्याद सकिन लागेका रिएजेण्टबाट परिक्षण 

विध ल्याबले ल्याएका रिएजेण्ट आफूले ल्याव सञ्चालनका लागि होइन, सरकारलाई बेच्नका लागि हो । ति सबै सरकारले गुणस्तरहिन भन्दै किन्न अस्विकार गरेको थियो । त्यसपछि ल्याव खोलेको बिधले तिनै रिएजेण्टबाट परिक्षण गरिरहेको छ । त्यसमधये  एक लाख रिएजेन्टको म्याद अर्को हप्ता सकिँदैछ। तर, मिति गुज्रिएका रिएजेन्ट पनि प्रयोग गर्ने गरी विधले अहिलेसम्म नयाँ रिएजेन्ट नमगाएको स्रोतको दाबी छ।

ल्याबको अनुभवै नभएकालाई रातारात पीसीआर परीक्षणको अनुमति

पीसीआर परीक्षण ल्याबको आधुनिक विधि हो। यसका लागि गुणस्तरयुक्त मेसिन र दक्ष जनशक्ति चाहिन्छ। ल्याबमा सामान्य पनि गल्ती भयो भने रिपोर्ट सही आउँदैन। 

तर, मेडिकलमा कहिल्यै काम नगरेको ओम्नी समूहले सरकारसँगको सेटिङमा रातारात पीसीआर परीक्षणको अनुमति पाएको छ। स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका सहसचिव डा।गुणनिधि लोहोनीको केनेक्सनमा विध ल्याबले पीसीआर परीक्षणको अनुमति पाएको हो।

कतिपय वर्षोदेखि मेडिकल क्षेत्रमा काम गरेका अस्पतालहरुले समेत अहिलेसम्म पीसीआर परीक्षणको अनुमति पाएका छैनन्। तर ओम्नीको मुख्य लगानी रहेको विध ल्याबले भने कुनै अनुभवनै नभएपछि पीसीआर परीक्षणको अनुमति पाएको छ।

विध ल्यावले पीसीआर रिपोर्ट नदिँदा बिरामीको अप्रेसन नै छुट्यो

को हुन् बिधका सञ्चालक ?
स्वास्थ्य सेवा विभागबाट आरडीटी खरीदका लागि यति ठूलो रकम हात पार्ने र स्वास्थ्य मन्त्रालयकै जोडबलमा कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्ने बिध म्यानेजमेन्टका सञ्चालक चाहिं को हुन् त रु

कम्पनी रजिष्टारको कार्यालय स्रोतबाट प्राप्त कागजात अनुसार यसका सञ्चालक भीमकान्त भण्डारी र दिपेश न्यौपाने हुन्। कार्यालयमा २४ जेठ २०७६ मा दर्ता भएको यो कम्पनीको सेयर भण्डारी र न्यौपानेले गएको चैत महीनामा खरीद गरेको देखिन्छ।

यद्यपि भण्डारीले भने त्यो कम्पनी पहिले आफ्नो भाइको नाममा रहेको र भाइबाट आफूले सेयर हस्तान्तरण गरी लिएको दाबी गरे। गएको १८ साउनमा बिध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा बिके (भीमकान्त) भण्डारीकै हस्ताक्षर छ। 

भण्डारी चाहिं को हुन् त रु गुल्मीको मालिका गाउँपालिकाका बासिन्दा हुन् भण्डारी। गत जेठ महीनामा उनले सहयोग स्वरुप भन्दै ६०० थान आरडीटी किट गुल्मी पठाएका थिए।

त्यस्तै, गत ८ भदौमा एक अनलाइन पत्रिकासँगको कुराकानीमा भण्डारीले काठमाडौंमा १५ दिनभित्र ६०० बेडको कोभिड अस्पताल बनाउने तयारी गरिरहेको बताएका थिए। त्यससम्बन्धी प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाइसकेको बताएका उनले आफूलाई बायोमेट्रिक्स प्रालि नामको कम्पनीको निर्देशकका रूपमा चिनाएका थिए।

नक्कली मेसिनबाट कोरोना परिक्षण गर्दै विध ल्याव, ओम्नी समूहसँग मिलेर उर्जामन्त्री पुनका सचिवालयको लगानी

को हुन भण्डारी 

भण्डारीको खास परिचय चाहिं सरकारी कर्मचारी हो। सरकारी रेकर्डमा उल्लेख भए अनुसार भण्डारीले २०७७ असार मसान्तसम्म ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाबाट तलब बुझेको देखिन्छ। त्यस्तै, उनले गएको १४ असारसम्म ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्री वर्षमान पुनको सचिवालयमा काजमा काम गरेको र सोही मितिसम्म हाजिरी गरेको पनि देखिन्छ। 

त्यसअघि तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डे र त्यसलगत्तै अर्थमन्त्री कृष्णबहादुर महराको सचिवालयमा समेत उनले काजमा रहेर काम गरेका थिए। 

नायब सुब्बा सरहका कर्मचारी भण्डारीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेललाई गएको १ साउनमा राजीनामाबारे मौखिक जानकारी गरएको देखिन्छ। तर, अहिलेसम्म राजीनामा स्वीकृृत भएरनभएको खुलेको छैन। 

गएको २१ जेठमा गुल्मीकोे एक स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भण्डारीले आफूसहित २० जना साथी मिलेर कम्पनी खोलेको र विदेशबाट स्वास्थ्य सामग्री ल्याएर सरकारलाई उपलब्ध गराइरहेको बताएका थिए। 

भण्डारीले सरकारी कर्मचारी रहँदै निजी कम्पनी खोलेर सरकारी ठेक्का हात पारेका र प्रक्रिया विपरीत सञ्चालन भएको ल्याबमार्फत कोरोना परीक्षणको कामसमेत गरेको देखिन्छ। पूर्व कायममुकायम महालेखा परीक्षक सुकदेव खत्री कर्मचारीले संघसंस्था खोल्न र यस्ता कामकारबाही गर्न नपाउने बताउँछन्।  “यसरी कम्पनी खोलेर सञ्चालकको रूपमा काम गर्नु कानून र कर्मचारीको आचारसंहिता उल्लंघन हो”, खत्री भन्छन्। 

 

सोमबार, ०२ चैत्र २०७७, १९ : ४७

प्रतिक्रिया