सन नेपाल लाइफको बोनस दर सार्वजनिक, अधिकतम कति रुपैंयासम्म पाउने ?

विहीबार, ०६ जेठ २०७८, १४ : ०४

काठमाडौं, सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र७६ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले  २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सन लाइफ सावधिक जीवन बीमालेखमा, भाग्योदय जीवन बीमालेख,बीमालेखमा बाल समृद्धि जीवन बीमालेखमा र नवीन आजीवन जीवन बीमा बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३० र अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन ।

यस्तै सार्थक आजीवन बीमालेख (१५ वर्षे अग्रिम भुक्तानी तथा आजीवन) सबै बीमा अवधि (१५) मा कम्पनीले प्रति हजार ३८ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधि बीमा योजनाहरुमा बीमा अवधि अनुसार प्रति हजार न्यूनतम २२ रुपैयाँ देखि अधिकतम ३२ रुपैयाँसम्म बोनस तोकिएको छ ।

उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

विहीबार, ०६ जेठ २०७८, १४ : ०४

प्रतिक्रिया