प्रभु इन्स्योरेन्सको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित, बोनस शेयर कति ?

विहीबार, ०६ जेठ २०७८, १५ : ११

प्रभु इन्स्योरेन्स कम्पनीको आज सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ बाट शेयरधीलाई वितरण गर्ने लाभांश पारित गरेको छ ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

सभामा कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तिव्र प्रतिष्पर्धाका बावजुत पनि कम्पनीले सफल र फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको दाबी गरिन् ।

विहीबार, ०६ जेठ २०७८, १५ : ११

प्रतिक्रिया