प्रि ओपनिङ्ग सेसनमा दोहोरो अंकले घट्यो नेप्से, १०१ कम्पनी कारोबारमा

आइतबार, ०९ जेठ २०७८, ११ : ०१

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक दोहोरो अंकले घटेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक १८.३२ अंकले घटेर २७६८.८७ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज  १०१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४७ शेयरमूल्य घटेको छ । ३१ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा १०१ कम्पनीका ५६ हजार ८०२ कित्ता शेयर ३ करोड ५ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार, ०९ जेठ २०७८, ११ : ०१

प्रतिक्रिया