काठमाडौं, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (बिहीवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले जेठ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म लाभांश सुरक्षित गनुपर्ने भएको हो ।
कम्पनीका शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी जेठ २८ गते साधारण सभा बोलाएको हो । सभा सिद्धार्थ इन्स्योरेन्स भवन बबरमहलमा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको हो ।
प्रतिक्रिया